Wednesday, July 30, 2014

सांसद र गयल रिलेसेन


महिना-दिन गाउँ डुलेर, पैसा खर्च गरेर, भासन छाँटेर, जनतालाई आश्वासन दिएर, संविधान बनाउछु भनेर चुनाव जितेका हाम्रा नेताहरु अहिले के गर्दै होलान्? के-कसैले तेस्को बारेमा खोज-खबर गर्ने गरेको छन्??? के जनतालाई थाहा छ कि तिनका नेता कहाँ छन्? के गर्दै छन्? या तिनीहरुको पार्टी लाई थाहा छ? या तिनको पार्टीको झन्डा बोकेर पर्चा टाँस्दै, कुट्दै, पिट्दै, नारा लाउँदै हिड्ने कार्यकर्ता संग यसको उत्तर छ???

साउन १२ गते संसद्को आजको बैठकमा 'स्थानीय स्वायत्त शासन (पहिलो संशोधन) विधेयक, २०७१' माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित हुन सकेन। -सेतोपाटी

यो बैठकमा ५७५ मध्ये जम्मा ४४४ जना अनुपस्थित थिए । नेपालको कानुन अनुसार विधेयकमा छलफल हुनको लागि एक चौथाई अर्थात् १५१ जना संसद्को उपस्थिति अनिवार्य छ तर त्यहाँ १३१ को मात्र उपस्थिति देखिएकाले संसदमा छलफल हुन सकेन ।

आखिर किन हुन्छन् त सभासद्हरु यति धेरै गयल??? के उनीहरुलाई जनताहरुले भत्ता पचाउनलाई मात्र सांसद बनाएको हो?? को संग लिने यस कुराको जवाफ??? नेपालमा संसदमा हाजिरीको विषयलाई लिएर कुनै ठोस कदम उठाइएको चर्चा छैन, सायद उठाईएको पनि छैन होला । तर विश्वका कयौं देशहरुमा संसद पद नै खारेज हुने सम्मको कानुन छ ।

  • युगान्डाको संसद्ले लगातार १५ वटा बैठकमा विनाजानकारी अनुपस्थित रहेको अभियोगमा डेभिड सेजुसा र टोनी सुबुगा किपोईको सांसद पद खारेज गरेको थियो | अहिले त्यहाँ अनुपस्थित संसदलाई तलब-भत्ता कटौती लगाएतका कानुन विचाराधीन छन् ।
  • केही समयअघि अस्ट्रेलियाको पार्लियामेन्ट अफ क्विन्सल्यान्डका एक विपक्षी दलका नेताले लगातार १३ वटा बैठकमा अनुपस्थित रहेका आफ्ना एक सांसदमाथि कारबाहीको माग गर्दै सभामुखलाई पत्र लेखे। मतदाताप्रति जवाफदेही नभएको र उक्त समयमा संसद्मा मतदाताको प्रतिनिधित्व नगरेकाले सांसद स्कट डि्रस्कललाई कारबाही गर्नुपर्ने उनको जिकिर थियो ।
  • क्विन्सल्यान्डको संसद्ले भर्खरै कानुन संशोधन गरेको छ, जसमा सांसदहरूले पाउँदै आएको पूर्वस्वीकृतिबिना लिन पाउने २१ दिनको बिदालाई घटाएर १२ दिनमा झारिएको छ। एउटा वा त्यसभन्दा बढी संसदीय अधिवेशनमा १२ वटाभन्दा बढी बैठकमा अनुपस्थित रहेको अवस्थामा सांसद पद नै खारेज हुने व्यवस्था संशोधित कानुनले गरेको छ। 


नेपालको सन्दर्भमा हेर्ने हो भने, संविधानसभा-१ मा प्रमुख दल र तिनका शीर्ष नेताको उपस्थिति निराशाजनक रहन पुग्यो। मार्टिन चौतारीले गरेको एक अध्ययन अनुसार तीन ठूला दल एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको उपस्थिति क्रमश ६१.२९ प्रतिशत, ६३.५४ प्रतिशत र ६७ प्रतिशत देखिन्छ। मधेसी दलको उपस्थिति ४० प्रतिशतको हाराहारीमा रह्यो।  जसमा प्रचन्ड ६.५%, झलनाथ खनाल २० प्रतिशत, शेरबहादुर देउवा ३% भन्दा कम उपस्थित थिए|

Tuesday, July 29, 2014

हो म बहुला हुँ ।


उनिहरु ले भने,
खै कुन ढुङ्गामा अनि मुर्तिमा ईश्वर भेटिन्छ अरे,
उनिहरु ले भने हामी हिन्दु, ऊ त्यो ख्रिष्टियन,
अनि त्यो चाहिँ मुसलमान अरे,
फेरी भने, हामी ब्राम्हण, त्यो अछुत-
अनि तिनिहरू चाहिँ म्लेच्छ अरे।
मैले ढुङ्गा पुज्न रुचाँइन,
मैले मान्छे – मान्छेमा विभेद गर्न जानिँन,
मैले ईश्वरलाई कुनै नाम दिन सकिनँ-
यसैकारण,
मलाई बहुलाएको आरोप लगाइयो ।

उनिहरुले शीवलाई सर्वशक्तिमान मात्र देखे,
मैले शीवलाई भाङ्ग-धतुरो खानेपनि देखेँ,
उनिहरु ले विष्णुलाई पालक मात्र देखे,
मैले व्रिन्दालाई गरेको छल पनि देखेँ,
उनिहरु ले रामलाई आदर्श-न्यायी मात्र देखे,
मैले सीतामाथी भएको अन्याय पनि देखेँ,
उनिहरु ले कृष्णलाई आदर्श-पूरुष बनाए,
मैले कृष्णको छल-कपट पनि देखेँ,
मैले भनेँ- कृष्ण ‘क्याशानोभा’ थियो,
उताबाट फ्याट्ट प्रतिउत्तर आयो-
तँ बहुला होस ।

मैले ईश्वर एउटै हो-साझा हो भनेँ,
उनिहरु ले अनगिन्ति नाम दिसकेका रहेछन्,
मैले भने मानवसेवा परमधर्म हो,
उनिहरूका ढुङ्गा अनि मुर्तिहरू टड्कारो रहेछन,
उनिहरूको एष्ट्रेझैँ फुस्रो ओठहरूबाट आवाज निस्कियो,
तँ वंशको कलंक होस- तँ बहुला होस,
अनि पाप-पूण्यका पुराना काहनी सुनाइए,
ती काहनीमा भीष्म- अभीमन्यू थिएनन्
न त एकलब्य-रावण नै थिए ।

हो म बहुला हुँ,
मलाई तिम्रो वैकुण्ठ जानु छैन,
मेरो ‘युटोपिया’ यसै धरतीमा छ,
ती निर्दोष कलिला ओठहरूमा हाँसो हेरेका छौ?
मेरो ईश्वर त्यही हो-आर्शिवाद त्यही हो,
एक मूँठी गाँसका लागि लडीरहेका को-
पेट भर्न सक्दा- मेरो स्वर्ग पनि त्यही हो ।
मलाई ऋचाहरुले पेट अनी पञ्चामृतले तिर्खा मेट्नु छैन,
अरूले छोएको खाएर नर्क जाने डर पनि ममा छैन् ।
मलाई मन्दिर बनाएर वैकुण्ठमा बस्ने रहर छैन
म पाठषाला बानाएर पीषाच हुन तयार छु ।
चाहे जेसुकै उपमा किन नदिउन,
अहँ-
म बाहिर उभिएको त्यो अशाहयलाई लात्ति मारेर
त्यो ढुङ्गोमा म दुध चढाउन सक्दिन ।

यो उत्कृष्ट सिर्जनाको सर्जकको नाम चाहिं मलाई थाहा भएन है

Monday, July 28, 2014

भूतमान्डु

बुद्धि सागर

कानमा कसैले मुखै जोडेर बोलेजस्तो लागेको थियो। खासमा मेरो कानको भित्रपट्टि उडुसले फन्का लगाइरहेको रै'छ। ब्युझँदा म ठमेलको कुनै थोत्रो र सस्तो होटेलको पुरानो पलङमा लम्पसार परेको थिएँ। सिरानीबाट रक्सीको बासी गन्ध आइरहेको थियो। डकार निस्क्यो। आफ्नै मुखबाट निस्केको गन्ध नाकभित्र स्वात्त पस्यो। कसो मैले ह्वात्त वाकिनँ।

तन्ना रातो रङको थियो। त्यसमा खैरा धब्बा थिए। ओढेको सिरक ठाउँ–ठाउँमा हिस्स हाँसेको थियो। त्यसका कपास जताततै छरिएका थिए। मानौं, कपासबारीमा रातभरि हुरी चलेको थियो।

Sunday, July 27, 2014

काठमाडौँ

-मञ्जुल

काठमाडौँ,
जहाँ,
कसैको रहर बनेको छ,
कसैको कर,
कसैको घर,
कसैको गरि खाने माटो,
कसैको मागी खाने भाँडो,
कसैको ठगि खाने बाटो |

Saturday, July 26, 2014

खुत्रुके

‘कोठाको १२ सय, बिजुलीको आफैं तिर्ने, पानीको पर्दैन। हुन्छ?' झट्ट हेर्दा अजंगका जंगबहादुरझैं देखिने बूढाले गोजीबाट १२ बुँदे कागज निकालेर तेर्स्यायो।
सरर्र पढेँ। पढ्नु के थियो, मञ्जुरीले टाउको हल्लाएँ।
‘ल ह्याँ सही गर्नूस्,' गोजीबाट कलम निकालेर दियो, ‘आफ्नो घरजस्तै सम्भि्कनू।'
पुछारमा ‘दोस्रो पक्ष' लेखिएको ठाउँनेर सही धस्काएँ।
१२ बुँदे कागजमा ११ वटा बुँदा बूढाकै पक्षमा थिए। बाह्रौंमा थियो, ‘धारामा पानी नआएको बेला ट्यांकीबाट आपूर्ति गरिनेछ।'
लेखिने कुरा त्यस्तै हुन्। ऐन–नियम पनि लेखिएकै त हुन्, सबैभन्दा धेरै मिचिने पनि तिनै हुन्। म पनि यस्ता नियम मिच्ने सोचेर ढुक्क भएँ। मलाई बस्– कोठा पाउनु थियो, पाएँ।

Wednesday, July 23, 2014

Windows 8.1 Update 1 Pro X64 PreActivated Final

Description

Windows 8.1 Update 1 Pro X64 PreActivated Final
BUILD: 6.3.9600
Activator used was KMSpico v9.2.3 Final


Monday, July 21, 2014

12 Photoes that that keeps you in ILLUSION....

Which cow's Head is this?

Sunday, July 20, 2014

भूपी शेरचनको अप्रकाशित कविता

भूपी शेरचन 

हो, म एक्लै छु, तर, मेरो साथ दिने 
मसँगै सिङ्गै, अँध्यारो रात छ,
झ्यालसम्म नाँङ्गिएको रूख हेर्छु
त्यहाँ पनि एक्लो पहेंलो पात छ ।

मेरो चोक

- भुपी शेरचन

साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन? सबथोक छ । 
असंख्य रोग छ,
अनन्त भोक छ,
अशिम शोक छ,
केबल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ ।

Friday, July 18, 2014

बिषादीको बयान

बुद्धिसागर
--
मेरो नाम आम नेपालीको भन्दा फरक थिएन। र, म नेपाली नागरिक नै हुँ। पेसा थिएन। आम नेपालीझैं बेरोजगार थिएँ। काठमान्डुका अधिकांश नेपालीझैं म अँध्यारो कोठामा बस्थेँ, जसको दायाँ भित्ताछेउबाट ढल बग्थ्यो। म सडकमा हिँड्दा आम नेपालीझै देखिन्छु। म अलि अग्लो छु। मेरा हातगोडा सलक्क परेका छन्। मेरो छाती चौडा छ। खासमा फिल्मको पर्दामा आउने हो भने म सेक्सी नायकमा दरिन सक्छु। र, पनि आम नेपालीभन्दा फरक कुरा छन्,

Thursday, July 17, 2014

थुक्क शिव

-मञ्जुल

साउनको महिना छ,
शिवको महिमा
गुन्जिदैछ, गाइँदैछ ओकालत गरिँदै छ
मन्दिर भित्रिनेको लाम
कमिलाको दुलोमा भन्दा
ठुलो छ|
घट्ला भन्दा झन्-झन् बढ्दै छ
लाम लामो हुँदै छ

Gender of Your Computer

Gender of Computer
-Manjul


Do you know that every computer has a Gender??

Lets Find out whether your computer is Male or Female.
Just follow the following simple steps.

STEP 1-

विप्रेषणको साइड इफेक्ट:

-Mahesh Pathak
विप्रेषण (remittance)ले नेपालको अर्थतन्त्र धानेको छ। तर विप्रेषणले नै हाम्रो उत्पादन प्रणालीलाई तहसनहस पारिरहेको पनि स्पष्ट देखिन्छ। केही दशक अघिसम्म क्रिषि उत्पादनको निर्यात गर्ने नेपाल आज अरबौँको अन्न, फलफुल तथा तरकारी आयात गर्न बाध्य छ।

10 Android Tips and Tricks

-Manjul

Many android users don’t know much about the hidden features of android phones. Today we are sharing an article with secret android tricks and hidden features of android phones. Different versions of android versions support different set of android tricks, so try them all

1) Force reboot:
Many times android users face a problem of freezing in mobile phone, in case your android phone is frozen, you can reboot it:

Wednesday, July 16, 2014

Rooting Your Android: Benefits and Disadvantages

So, my dear friends, you are thinking to root your android phone. And you have many questions popping in your mind like what does rooting exactly means?
Well, I have tried my best to answer your queries.

What does Android Phone Rooting Mean?

Rooting an Android phone means to gain administrative privileges (or root access if you are from a Linux background) on the system. When you buy a new Android phone, you are just a guest user on the phone. You can use the phone, just as a guest would use Windows, but you will not be able to make any changes to the system files.

DIFFERENCE BETWEEN CORE

-Manjul

► Core i3:
* Entry level processor.
* 2-4 Cores
* 4 Threads

Saturday, July 12, 2014

वैज्ञानिक नाम र कार्ल लिनियस

 -dbg kGyL

j}1flgs gfd / sf{n lnlgo;


g]kfnLdf s]/fp, cª\u]|hLdf lk -pea_, lxGbLdf d6/ / sf]l/ogdf wandokong elgP klg of] Pp6} jg:ktLsf] gfd xf] . o;/L ljZjsf ljleGg e'-efudf ljleGg lsl;dsf efiff af]lng] ub{5 . o:tf] efifdf cGt/n] ubf{ b]z–ljb]z uP/ cWoog ug]{ cWoogstf{sf nflu lgs} c;xh x'g] ub{5 . o:tf] c;xhtfsf] kl/l:ysf] cGTo ug{s} nflu j}1flgsx?n] ;lhjx?sf] gfdfs/0f 5'§} tl/sfn] ug]{  ub{5g\  . of] gfd ;j{dfGo x'g] ub{5 . xf], olx ;j{dfGo gfdnfO{ g} j}1flgs gfd eGg] ul/G5 . dflysf] pbfx/0fdf lbOPsf] s]/fpsf] j}1flgs gfd kfOhd ;6fOed -Pisum sativum_ xf] . o:t} ul/ c? ;lhjsf] klg cfˆg} j}1flgs gfd x'g] ub{5 .

s] xf] t j}1flgs gfd eg]sf] <<<
j}1flgs gfd eg]sf] ;Dk"0f{ ;lhjx?nfO lbOPsf] b'O{ zAbsf] gfd xf] . of] gfd u|Ls / Nofl6g h:tf rng rNtLdf gePsf efiff -dead language_ sf] k|of]u u/L n]lvG5 . o:tf efiff ;do cg';f/ kl/jt{g gx'g] ePsfn] gfddf :yfO{Tj k|bfg ub{5 . j}1flgs gfdsf] klxnf] zAbnfO{ lhg; -Genus_ / bf];|f] zAbnfO{ :k]l;; -species_ elgG5 . dflysf] pbfx/0fdf Pisum lhg; / sativum :k]l;; xf] .

Friday, July 11, 2014

मकै

- लेनिन बञ्जाडे
थापाथली चोक, अलि पल्तिर बडेमानको बागमती पुल र त्योभन्दा अझै पल्तिर कुपन्डोलको एउटा घरमाथि झुन्डिएको ‘कोही मिलगया’को पोस्टर । पुलमाथि घरि यता घरि उता गरिरहने रंगीबिरंगी सवारी र तिनमाथि कुदिरहेका असंख्य सपना ।
र, यता वल्तिर सडकछेउ तन हल्लाउने तन्दुरीको धुवाँ ।
अनि, अलि वल्तिर पट्पट् पड्किरहने मकै र झुम्म परिरहने मान्छेको भीड । त्यो भीड, जो हरेक मिनेटमा फेरिइरहन्थ्यो ।
यो लगातार तेस्रो दिन थियो ।
गोजीमा १० हजार लिएर काठमाडौं छिरेको भर्खरको १८ वर्षे किशोर त्यै मकैको भीडबाहिर रेलिङमा अडेस लागेर बसिरहृयो तीन दिनदेखि ।


फिलिम

- लेनिन बञ्जाडे

“बसन्ते, एक… एक… एक ही रास्ता लाग्यो….”

दौडिँदै आएको रमेशले एकाएक गाउँ थर्कायो । एक हप्तादेखि ‘चित्रहार’मा अजय देवगण र रविना टन्डन छमछमी नाचेकोदेखिरहँदा हामीलाई वाक्क लागिसकेको थियो । ‘फूल और काँटे’ आएदेखि रमेश र मेरो मनमा सानोतिनो हुन्डरी ल्याएको थियो अजयले । नयाँ वर्ष र दसैंका शुभकामना कार्डमा अजयले बन्दुक भिरेका पोस्टकार्डले सहर पिटेको थियो । रमेश र म त्यसका डाइहार्ट फ्यान ।

“विद्यानाश ?”


नयाँ वर्ष

-भूपी शेरचन

नयाँ सरुवा भई आएको हुलाकेझैं
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिँडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता–घडीको लङगूर हल्लिरहेछ उसको
पदचापले

मध्याह्न दिन र चिसो निद्रा

- भूपी शेरचन

अखबारको ‘वान्टेड कालम’ –मा
म आफ्ना आउने दिनहरुको अनुहार खोजिरहेछु,
प्रत्येक जुलूस, सभा, भाषण
र नयाँ योजनाका फाइलहरुमा
पाइला टेक्ने आधार खोजिरहेछु—
नयाँ बजेटको ओठमा

जीवनको अँध्यारो सडकमा

-भूपी शेरचन

जीवनको अँध्यारो सडकमा
सफलता
साइकलको डाइनोमाबाट बल्ने बत्तीझैं लाग्छ
कि जबसम्म
गतिको पैडिलमाथि
मेरो खुट्टा चलिरहन्छ
मेरो पथमा यो बत्ती बलिरहन्छ
तर जसरी नै म थाक्छु
र मेरो खुट्टा रुक्छ
अन्धकार मेरो अगाडि आएर भुक्छ ।

Thursday, July 10, 2014

गजल

अध्यारों मै तिर चलाएँ जे-जे परे पर्ला
तिमीलाई नै मन पराएँ जे-जे परे पर्ला||
फेसबुकमा भेटिएकी तिमीलाई हेर्दा-हेर्दै मैले
ठुलो श्वरले नाम कराएँ जे-जे परे पर्ला||
हेर्दै गएँ तिम्रो टाईमलाइन, तस्विर र लेख सबै
तस्विर सबै साझा गराएँ जे-जे परे पर्ला||
हेर्दै जाँदा तिम्रो छेउमा भेटाएँ पहलमान एउटा
भित्र भित्रै मन जलाएँ जे-जे परे पर्ला||
हेर्दै जाँदा त्यो पहलमान त तिम्रो दाई पो परेछ
जेठान साबलाई रिक्वेस्ट पठाएँ जे-जे परे पर्ला||
-मञ्जुल

Monday, July 7, 2014

पशु – पशुपति र मान्छे (हाँस्य-व्यंग्य)

-भैरव अर्याल

साँढेको नेतृत्वमा गएको पशूहरुको प्रतिनिधिमण्डलले एक दिन बिहानै पशुपतिको दख्खिन ढोका घचघच्यायो। पशुपतिले यसो हेरेका मात्र के थिए, जुरो हल्लाउँदै प्रतिनिधिमण्डलको नेताले नम्रतासाथ भन्यो – “तपाईं पशुका पति भएर पनि हामी पशुहरुमाथि कनुनै वास्ता गरिदिनुभएन। तपाईंले पुलपुल्याइदिंदा आज मान्छेले गर्नुसम्म गरिसक्यो। रिसानी माफ हुन्छ भने हामी समस्त पशुहरुको एउटै आवाज छ मान्छे मात्तियो, मात्तियो तर पशु बिचरो आत्तियो।

यो मोरो पशुको जात, जहिले पनि रङ्ग न ढङ्गको कचकच गर्न आउँछ भन्ने ठानी पशुपतिले झर्किएर सोधे – “आखिर तिमीहरुको समस्या के हो?”

साँढेले भन्यो – “हामी फाँटको फाँट मडिया मार्ने

असनको डबली (हाँस्य-व्यंग्य)

-भैरव अर्याल


चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको यो अनिकाल!

अँ, अन्नपूर्णाको दर्शन गर्न आएको; भाकल थियो। अरुभन्दा मलाई यिनै देवीको विश्वास लाग्छ। यी साक्षात देवी हुन्।

देवी त देवी टुँडालदेवीको मूर्ति पनि झन्डै चोरिएको रे। कस्तो काल! हामी केही नचोरियोस् भनी देवता पुकार्छौं, देवता स्वयं चोरिन्छन् हेर न …!”

हेरिसकें मैले, त्यही बेलबटम्वाली होइन? निकै नखरमाउली रहिछ।

जवाना भी यिनका जवानी भी यिनकी

Sunday, July 6, 2014

नाममा के छ र !

- लेनिन बञ्जाडे
माघको कठ्याङ्ग्रिने चिसो । चिसोमा झनै चिसियो मन,
जब—
समीरले कानैमा आएर फुस्फुसायो, “राधिकालाई त शिवेले लाने भो, तँ हेर्दाहेर्दै गइस् खोलैखोला ।”
“हँ? के भन्छस् बे ? फुस्किस् ?”
“हो बे हो, शिवे र राधिका आज सँगै कलेज आए बिहान ।”
“हात समा’थे ?”
“हात त समा’थेनन् तर खुप मस्क्या’थे बाटामा । बरु सक्चस् भने आजै दे चिठी, नत्र शिवेले जिप्टायो, स्योर !”
गोजीभित्र बडो जतनले पट्याएर राखेको चिठीले भत्भती पोल्न थाल्यो । चिठीका अक्षरले पालैपालो घोच्न थाले । रातभरि बसेर कनिकुथी लेखेको दुई पेजको चिठी

आस्थाको फाइल (हाँस्य-व्यंग्य)

-भैरव अर्याल

संसार विभागका निर्देशक श्री ईश्वरदेव उमेरको हदम्याद पुगी खोसुवामा परे। खाईपिई आएको आस्था अर्चनाको एक लक्षांश उनको निवृत्तभरणको रुपमा पाउने भए।

निर्देशकको पद खाली हुनासाथ रोल मेरो भनी अन्धविस्वासले दाबा गर्यो। धर्म धुमधुमती पर्यो, कर्म कनपारो कन्याउन थाल्यो। भाग्यले भगवानको साख्ये भाइ म हुँ भनी किरिया खायो।

जय भुँडी (हाँस्य-व्यंग्य)

-भैरव अर्याल

व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि मैले उनैबाट दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा शारदायै नम:भनेजस्तै पुराणको सुरुमा म भन्दछु बूढी आमायै नम:।


Saturday, July 5, 2014

चुरोट : केही झिलिमिली संस्मरण

-भैरब अर्याल

एकातिर बैँसदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट,माझमा एक बुट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भने पहिले म कुनचाहिँ टिपुँला ? निद्राविहीन एक रात बाह्र-एक बजेतिर मेरो दिमागमा एउटा प्रश्न गुजुल्टयो । निकैबेर झ्यालको डँडाल्नीमा ट्वालट्वालती हेरेर तरङ्गिएपछि एक्लै खिसिक्क ओठ फुस्क्यो- कहाँ पालिसदार हीरा, कहाँ झुसिलकीरा ! जाबो दुईपैसे चुरोटको पनि कहीँ बैँसदार ओठ र गैँडामार नोटसँग तुलना हुन सक्छ ?

'उडाउनु' सित एकछिन उड्दा

 -भैरब अर्याल

एउटा देशले भूउपग्रह उडाएकै दिन मेरो घरमा बिरालाले दूध उडाइदिएसछ । सन्जोग पनि कहिलेकाहीँ कस्तो पर्छ भने एउटा बिनासित्तिको कुराले पनि एकछिन सित्तैँ अलमल्याइदिन्छ । न त्यो देश र बिरालामा कुनै सम्बन्ध छ, न भूउपग्रह र दूधमा समानता । तर क्रियाचाहिँ दुइटैले एउटै गरे- उडाइदिए । भूउपग्रह उडाउन कैयौँको साधन र साधना लाग्यो, तर बिरालालाई दूध उडाउन न साधनको नाममा एउटा चम्चा चाहियो, न साधनाको नाममा केही चालचुल । तर यी दुवै कामलाई उडाउनु नै भनिन्छ भने उडाउने क्रियालाई महत्त्वपूर्ण नभन्ने कि मामुली ? यो पनि एउटा प्रश्न हो । तर कस्तो केटाकेटी प्रश्न ? यो त एउटा भाषाको चमत्कार मात्र हो । हाम्रो देशमा एउटा मान्छेका दसोटा सिद्धन्त भएझैँ हाम्रो भाषामा एक शब्दको अनेक अर्थ हुन्छन । उदाहरणको लागि आफ्नो लभ परेको दिन आफ्नो नजिकको नातादारको जुठो परेको हुन्छ । जीवनको असङ्गति भनेको यही न हो ?

विकृति प्रतियोगिताको आयोजक समिति

-भैरब अर्याल

नेपालमा पनि सौन्दर्य प्रतियोगिता हुने भएको छ भन्ने सुन्दा नेपाली सुन्दरसुन्दरीहरु दसैँ पेस्की मिनाहा पाउने हल्ला सुनेका कर्मचारीझैँ भित्रैदेखि प्रफुल्ल भएका थिए । तरसो नहुने भन्ने सुन्नासाथ अघिल्लो दिन नम्बर निस्केर भोलिपल्ट संशोधनमा परी फेल भएका विद्यार्थीझैँ एकै पटक खङ्‌र्‍याङखुङ्‌रुङ भइहाले । स्वास्नीलाई नेपाल-सुन्दरी बनाउन पाए आफू पनि नेपाल-सुन्दरभएर हङकङदेखि हलिउडसम्म घुमौँला भन्ने कति श्रीमान्‌हरुको योजना त्यसै गरी भत्कियोजसरी त्यति काम गरिदिन पाए बङ्गला बनाउन पाइन्थ्यो भनी कसिएका कर्मचारीको सपना एक्कासि खोसुवा पुर्जी पाउँदा भत्किन्छ ।

Friday, July 4, 2014

यो हल्लै हल्लाको देश हो

-भूपी शेरचन
कानमा इयरफोन लगाउनुपर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन,

सात हाइकुहरु

-मदन पन्थी

१.
हिंडेको बाटो
बिर्सेर पो आएछु
भित्रै हराएँ !

पागल (कविता); -लक्ष्मी प्रसाद देवकोटा


जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
आकाशभन्दा पातला कुरालाई छुन्छु !

घुम्ने मेचमाथि अन्धो मान्छे

- भूपी शेरचन

सुकेको बाँसझैँ
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर,
दिनभरि
रोगी मलेवाझैँ
आफ्नो छाती आफ्नै चुच्चोले ठुँगेर,
घाउहरु कोट्ट्याएर,
दिनभरि
सल्लाघारीझैँ एकलासमा
अव्यक्त वेदनाले सुँक्क सुँक्क रोएर,
दिनभरि