Showing posts with label विचार. Show all posts
Showing posts with label विचार. Show all posts

Tuesday, September 16, 2014

तराई मुद्दा र सी.के. राउत


स्वतन्त्र र सार्भभौम मधेष प्रदेशको स्थापनालाई नै आफ्नो मूल नीति बनाएका सिके राउतको (CK Raut) कार्य नेपालको राष्ट्रिय अखण्डताको विरुद्ध छ, तसर्थ उनलाई देशद्रोहीको रुपमा कारवाही गरिनुपर्छ। तर, यो सँगै उनले
उठाएका मुद्दाहरूलाई पनि ध्यान दिनु जरुरी छ किनकी मुद्दा जिवित रहेमा एक पछि अनेकन् सिके राउतहरूको जन्म हुनेछ।

के अहिले पनि तराइवासी जनताले आन्तरिक उपनिवेश भएको महशुस गर्नुपर्ने अवश्था छ?
- पहिले थियो होला। तर अहिले नेपाल सरकारले तराईका जनताहरूलाई राज्यको मुलधारमा ल्याउन सरकारी सेवा सुविधामा आरक्षणको समेत व्यवश्था गरिएकोले अब सिके राउतको यस आरोप आधारहिन बनेको छ।

सिके राउतको अर्को मुद्धा "तराईका जनतामाथि पहाडीहरूबाट भइरहेको भेदभावपुर्ण व्यवहार (racial discrimination)"
- यस विषयमा उनको मुद्दा जायज छ किनकी आज पनि तराईका जनताहरूमाथि पहाडी जनताबाट हुने अपहेलना रोकिएको छैन।

त्यसैले, 'भेले' 'धोती' जस्ता शब्दको प्रयोग गरेर तराइका दाजुभाइ दिदीबहिनीहरूलाई जिस्काउने हेप्ने कार्य गर्दै हुनुहुन्छ भने संझिनुस्- "तपाईँ देशद्रोह गर्दै हुनुहुन्छ!" किनकी सिके राउतहरूको जन्म तपाईहरूकै यस्तै दुर्व्यवहारका कारण भएको हो।

Saturday, August 2, 2014

मोदी-सुन, जनता कोशी, कहाँको सुनकोशी???

-मञ्जुल

भर्खर एउटा ट्विट पढ्या, भोलि र पर्सि उपत्यका बिदा रे... त्यो पनि मोदी आउने भएर...
अघि लेनिन बन्जाडे दाईले फेसबुकमा भनेको झट्ट याद आयो
"भारतकै प्रान्तले पनि यति चाकडी गर्दैनन्, जति नेपालका शासकले गर्छन् !"

होइन यार, मित्र राष्ट्रको प्रधानमन्त्री हुन् ठिक छ, सम्मान गर्नुपर्छ त्यो पनि ठिक छ, तर आफ्नो स्तरबाट नै गिरेर!!! यो त अलि पच्ने कुरा भएन... मित्र हुन् भने हात बढाउँनुस, हात मिलाउनुस हात चाहिँ नफइलाउनुस्...यसरि त कसरि चल्छ...

आज एउटा अनलाइन मिडियाले खबर छाप्या थ्यो, मुख्य सचिव लीलामणि पोख्रेल सुनकोशी प्रभावित क्षेत्रमा जान खोज्दा हाम्रा प्रधानमन्त्रीले हुन्न भोलिको लागि तयारी गर्नुपर्छ समय छैन भने रे...... यसको सोजै अर्थ हाम्रा नेताका लागि भारतीय नेताको अगाडी नेपाली जनता केहि पनि हैनन् भन्ने हैन र???

म मान्छु कि भारतीय प्रधानमन्त्रिको सुरक्षा संसारमै उच्च सम्वेदंसिलताका साथ हेरिन्छ तर त्यसको लागि सहि परिस्थिति हुनु जरुरि छ... अहिले नेपाल कुन माहोलमा छ? कति बेला सुनकोशीको ताल फुट्नेहो अनि कति नेपालीले ज्यान गुमाउने हुन् पत्तो छैन, नेतालाई चाहिं मोदीको चिन्ता छ... यो बाढीले हाम्रा नेताका घर बगाउदैंन त्यहि भएर चुप-चाप बसेका हुन् कि? संकै लाग्छ... आज ३ घण्टा जाम, भोलि र पर्सि उपत्यका नै बन्द, ट्राफिक जाम हुने हो कि नेपाल सरकारले चक्का जाम गर्न लाको हो मैले त पत्तै पुन सकिन...
नेपालको कानुन "सुशील बाले " जानुन...

मेरो अनुरोध, त्यो बाटो सफा गर्न प्रयोग गरेको ट्रक भए पनि लगेर सुनकोशिका मान्छेको ज्यान बचाऊ, ब्यानरले  बेरेको/छाएको भए पनि छाप्रो बनाउन थाल्देउ...

बाढी, काठमाण्डौको

मञ्जुल

सिन्धुपाल्चोकमा सुनकोशी थुनियो यहाँ काठमाण्डौमा  चाहिं पुलिसले बाटो थुन्दै छ | सुनकोशीमा पहिरो खसेपछि सिन्धुपाल्चोकको जुरेमा ठुलो ताल परेको छ रे, अब त्यहाँ कति बेला त्यो ताल फुट्ने हो? कत्रो बाढी आउने हो? कति घर-मान्छे-जनावर बगाउने हो? कसैलाई थाहा छैन | यहाँ काठमाण्डौंमा पनि बिहानै देखि भोलि मोदी ल्याउने भनेर बिहानै देखि पुलिसहरु बाटो बन्द गर्ने तयारी गर्दै छन् | एयरपोर्ट देखि चाबहिल सम्म, (मैले देखेको है) सार्वजनिक गाडी बन्द गरेर निजि गाडी मात्र चल्न दिएको रेछ | आफ्नो त न बाइक न कार |

शनिवार भए पनि मास्टरले पढाउने भने पछी जानै पर्ने रैछ नत्र यो महंगीमा बुझाको त्यत्रो फी कलेजले पच पार्दिन्छ पढ्ने मन नभए पनि मास्टरले पैसा सित्तैमा पच पर्छ भन्ने डरले अल्छी मान्दै छ बज्दा नबज्दै कलेज हिंडे कलेज जाँदा बाटोमा डीभाइडर थिएनन् | हिजो सम्म त्यहिँ थियो आज कहाँ गएछ अचम्म लग्यो | जति अचम्म माने पनि पैसा असुल गर्न कलेज त जानै पर्ने थियो | हिंडे त्यहाँबाट पनि अनि कलेज पुंगे | मास्टरले फिजिक्स पढाउन जानी त अलि अलि नोट सार्दै थिएँ अनि अंग्रेजी मास्टर आएपछि २-४ जना भएर क्यारम हान्न हिंडीयो |

११ बजे तिर भोकले लखतरान हुँदै घर फर्कन परो भनेर हिंडेको सब बाटो बन्द छ  बा | एउटा माइक्रो देखिएन | भोको पेट, गोजीमा १५ रूप्पे, के गर्नु? सारै चिन्ता लाग्यो | अनि पुंगे पुलिस दाईलाइ सोध्न|

"दाई आज के-को बन्द?"

"मोदी आउने त्यै भर"

"अनि मोदी आउने त भोलि होइन र"

"भोलि आए पनि बाटो त खाली गर्नु पारो नि"

"भोलि आउनेलाई आजै चाहिं किन बन्द नि?"

"प्राक्टिस गरेको नि"

अब चाहिं मेरो पारो तात्यो

"जाबो प्राक्टिस त टुंडिखेलमा गरेको भा पनि हुन्थ्यो नि"
म अलि कड्केको सुनेर होला, त्यो पुलिस नि जंगिदै हातको डण्डा घुमाउन्दै बोल्यो

"टुंडिखेलमा यत्रो बाटो कहाँ छ? त्यो त चौर हो, त्यहाँ नि कसैले प्राक्टिस गर्न सक्छ? यहाँ पो नाका हो त"
उ उता चाबेल भन्दा पर बाट पाइन्छ रे त्यतै गएर गाडी चढ"

हातको डण्डा देखे पछी मेरो नि बोल्ने आँट आएन, उसै त भोको पेट, तेइ नि त्यो लौरो बझार्द्यो भने त ठहरै हुन्छु जस्तो लग्यो अनि लुरु-लुरु हिंड्न लाग्या थिएँ कसैले बोलाको जस्तो लाग्यो र हेरेको चन्द्रे पो रैछ,
रातो पल्सर बाइकमा चढेको.
"तेसका पो बा पैसावाला छन् र बाइक किन्देका छन्, आफ्ना त..."
सोच्दैं थिए चन्द्रे फेरी प्याच्च बोल्यो
"बस म पुराइदिन्छु"
मलाई पनि के खोज्छस् कानो आँखा भने जस्तै भयो
एउटो खुट्टो उचाल्दै बसें बाइकमा
फेरी चन्द्रे बोल्यो
" थाहा पाइस, सुनकोशी थुनियो रे नि"

"हो र, कसरि?"

"खै यार, पहिरो गएर ताल जस्तो भाछरे"

"अब के बाढी आउँछ रे?"

"फुट्यो भने आउँछ"

"अह, आउछ नि"

म सोंचमग्न भएँ "मुला सुनकोशी थुनिंदा चाहिं बाडी आउने, मान्छे थुनिंदा चाहिँ के आउंछ नि???


Wednesday, July 30, 2014

सांसद र गयल रिलेसेन


महिना-दिन गाउँ डुलेर, पैसा खर्च गरेर, भासन छाँटेर, जनतालाई आश्वासन दिएर, संविधान बनाउछु भनेर चुनाव जितेका हाम्रा नेताहरु अहिले के गर्दै होलान्? के-कसैले तेस्को बारेमा खोज-खबर गर्ने गरेको छन्??? के जनतालाई थाहा छ कि तिनका नेता कहाँ छन्? के गर्दै छन्? या तिनीहरुको पार्टी लाई थाहा छ? या तिनको पार्टीको झन्डा बोकेर पर्चा टाँस्दै, कुट्दै, पिट्दै, नारा लाउँदै हिड्ने कार्यकर्ता संग यसको उत्तर छ???

साउन १२ गते संसद्को आजको बैठकमा 'स्थानीय स्वायत्त शासन (पहिलो संशोधन) विधेयक, २०७१' माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित हुन सकेन। -सेतोपाटी

यो बैठकमा ५७५ मध्ये जम्मा ४४४ जना अनुपस्थित थिए । नेपालको कानुन अनुसार विधेयकमा छलफल हुनको लागि एक चौथाई अर्थात् १५१ जना संसद्को उपस्थिति अनिवार्य छ तर त्यहाँ १३१ को मात्र उपस्थिति देखिएकाले संसदमा छलफल हुन सकेन ।

आखिर किन हुन्छन् त सभासद्हरु यति धेरै गयल??? के उनीहरुलाई जनताहरुले भत्ता पचाउनलाई मात्र सांसद बनाएको हो?? को संग लिने यस कुराको जवाफ??? नेपालमा संसदमा हाजिरीको विषयलाई लिएर कुनै ठोस कदम उठाइएको चर्चा छैन, सायद उठाईएको पनि छैन होला । तर विश्वका कयौं देशहरुमा संसद पद नै खारेज हुने सम्मको कानुन छ ।

  • युगान्डाको संसद्ले लगातार १५ वटा बैठकमा विनाजानकारी अनुपस्थित रहेको अभियोगमा डेभिड सेजुसा र टोनी सुबुगा किपोईको सांसद पद खारेज गरेको थियो | अहिले त्यहाँ अनुपस्थित संसदलाई तलब-भत्ता कटौती लगाएतका कानुन विचाराधीन छन् ।
  • केही समयअघि अस्ट्रेलियाको पार्लियामेन्ट अफ क्विन्सल्यान्डका एक विपक्षी दलका नेताले लगातार १३ वटा बैठकमा अनुपस्थित रहेका आफ्ना एक सांसदमाथि कारबाहीको माग गर्दै सभामुखलाई पत्र लेखे। मतदाताप्रति जवाफदेही नभएको र उक्त समयमा संसद्मा मतदाताको प्रतिनिधित्व नगरेकाले सांसद स्कट डि्रस्कललाई कारबाही गर्नुपर्ने उनको जिकिर थियो ।
  • क्विन्सल्यान्डको संसद्ले भर्खरै कानुन संशोधन गरेको छ, जसमा सांसदहरूले पाउँदै आएको पूर्वस्वीकृतिबिना लिन पाउने २१ दिनको बिदालाई घटाएर १२ दिनमा झारिएको छ। एउटा वा त्यसभन्दा बढी संसदीय अधिवेशनमा १२ वटाभन्दा बढी बैठकमा अनुपस्थित रहेको अवस्थामा सांसद पद नै खारेज हुने व्यवस्था संशोधित कानुनले गरेको छ। 


नेपालको सन्दर्भमा हेर्ने हो भने, संविधानसभा-१ मा प्रमुख दल र तिनका शीर्ष नेताको उपस्थिति निराशाजनक रहन पुग्यो। मार्टिन चौतारीले गरेको एक अध्ययन अनुसार तीन ठूला दल एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको उपस्थिति क्रमश ६१.२९ प्रतिशत, ६३.५४ प्रतिशत र ६७ प्रतिशत देखिन्छ। मधेसी दलको उपस्थिति ४० प्रतिशतको हाराहारीमा रह्यो।  जसमा प्रचन्ड ६.५%, झलनाथ खनाल २० प्रतिशत, शेरबहादुर देउवा ३% भन्दा कम उपस्थित थिए|

Thursday, July 17, 2014

विप्रेषणको साइड इफेक्ट:

-Mahesh Pathak
विप्रेषण (remittance)ले नेपालको अर्थतन्त्र धानेको छ। तर विप्रेषणले नै हाम्रो उत्पादन प्रणालीलाई तहसनहस पारिरहेको पनि स्पष्ट देखिन्छ। केही दशक अघिसम्म क्रिषि उत्पादनको निर्यात गर्ने नेपाल आज अरबौँको अन्न, फलफुल तथा तरकारी आयात गर्न बाध्य छ।