Sunday, September 28, 2014

दशैं

-भूपी शेरेचन
अब त दसैँ ...
साँच्ची कै दशा भएको छ
न छोरालाई हङकङको ज्याकेट किनिदिन सकियो
न छोरीलाई बैङ्कके जुत्ता;
धरहरा–बजारबाट घटीघटाउ गरेर
कात्तिकको पेस्की तलबभित्र किनमेल
कटाउ गरियो ।
खानामा सेलरोटी कहाँ पाउनु !
सप्तमीमा किनिराखेको पाउरोटी टोकियो,
पmलफूल पनि खाइयो ...
भोगटे बारीमै थियो,
एक दर्जन औँलाजत्रा केरा पनि,
सपरिवार खाइयो,
आठ रुपियाँ दर्जनमा किनेर !
मलाई त के ! हाइ सन्चो छ
‘डाइबिटिजको रोगी
न मासुको भारी !
परिवारले पनि चित्त बुझायो
बूढा च्याङ्ग्राको छाला चपाएर ।
अब तपाइँहरू नै भन्नोस,
यस्तोमा के काम चहाड आएर ?
हुनेलाई तीन सय पैँसट्ठी दिन नै दसैँ छ,
नहुनेलाई वर्षभरि दशा छ ।
हुनेलाई चारै छाक मासु छ,
नहुनेलाई आँखाभरि आँसु छ ।

कवि भूपी शेरचनद्वारा रचित दसैँ कविताको एक अंश । यो कविता हिन्दू साप्ताहिक पत्रिकाको (वर्ष ५, अंक २४)मा प्रकाशित भएको थियो

Tuesday, September 16, 2014

आखिर मैले के पाएँ ???

-प्रेम श्रेष्ठ (जोगी)
(Sept-15-2014)
11:40Pm

सदरमुकाम धाएँ
नागरिकता पाएँ
पासपोर्ट बनाएँ
दलाल'को मा धाएँ
काठमाण्डु आएँ
म्यानपावर धाएँ
ऋण कमाएँ
अनि,
मरुभूमि आएँ
आफन्त गुमाएँ
देश गुमाएँ
मातृप्रेम गुमाएँ
दाजु-भाई गुमाएँ
साथी गुमाएँ
जवानी गुमाएँ
उनको साथ गुमाएँ 
बच्चाको त्यो मुस्कान गुमाएँ
अन्त्यमा,
कागजका केही "नोट कमाएँ"
केही कागजी टुक्राको खाँतिर
मैले मेरो पुरै "जिन्दगी गुमाएँ "!!! 
आखिर "खै त मैले के पाएँ ???? " 

तराई मुद्दा र सी.के. राउत


स्वतन्त्र र सार्भभौम मधेष प्रदेशको स्थापनालाई नै आफ्नो मूल नीति बनाएका सिके राउतको (CK Raut) कार्य नेपालको राष्ट्रिय अखण्डताको विरुद्ध छ, तसर्थ उनलाई देशद्रोहीको रुपमा कारवाही गरिनुपर्छ। तर, यो सँगै उनले
उठाएका मुद्दाहरूलाई पनि ध्यान दिनु जरुरी छ किनकी मुद्दा जिवित रहेमा एक पछि अनेकन् सिके राउतहरूको जन्म हुनेछ।

के अहिले पनि तराइवासी जनताले आन्तरिक उपनिवेश भएको महशुस गर्नुपर्ने अवश्था छ?
- पहिले थियो होला। तर अहिले नेपाल सरकारले तराईका जनताहरूलाई राज्यको मुलधारमा ल्याउन सरकारी सेवा सुविधामा आरक्षणको समेत व्यवश्था गरिएकोले अब सिके राउतको यस आरोप आधारहिन बनेको छ।

सिके राउतको अर्को मुद्धा "तराईका जनतामाथि पहाडीहरूबाट भइरहेको भेदभावपुर्ण व्यवहार (racial discrimination)"
- यस विषयमा उनको मुद्दा जायज छ किनकी आज पनि तराईका जनताहरूमाथि पहाडी जनताबाट हुने अपहेलना रोकिएको छैन।

त्यसैले, 'भेले' 'धोती' जस्ता शब्दको प्रयोग गरेर तराइका दाजुभाइ दिदीबहिनीहरूलाई जिस्काउने हेप्ने कार्य गर्दै हुनुहुन्छ भने संझिनुस्- "तपाईँ देशद्रोह गर्दै हुनुहुन्छ!" किनकी सिके राउतहरूको जन्म तपाईहरूकै यस्तै दुर्व्यवहारका कारण भएको हो।

२६ वर्ष

-लेनिन बन्जाडे

२०४० मंसिर १० गते । बुवा-आमाले गोजीमा २ हजार रूपैयाँ बोकेर हामीलाई ट्रय्याक्टरमा अर्घाखाँचीबाट दाङ झार्नुभो । अनि जिविस र अदालतको अगाडि झुप्रो होटल खोल्नुभो । आमा र दिदी गाउँमा बस्थे ।
बुवा चिया-समोसा बेच्नुहुन्थ्यो, म पढ्थें । १५ मिनेट टाढा बजारबाट पान र चुरोट ल्याएबापत खेपको १ रुप्पे पाउँथें । ३ हजारमा किनेको झुप्रो होटलमा बुवा र म एकअर्काका सहारा थियौं । बुवा काखाखुट्टी हालेर सुताउनुहुन्थ्यो, काखीको पसिनाको गन्ध मलाई मीठो लाग्थ्यो । 
० ० ०

अदालत र जिविसका कर्मचारी चिया खान आउँथे, म उनीहरुको जीवनशैली देखेर मुर्मुरिन्थें । बुवा भन्नुहुन्थ्यो, “तँ पनि वकिल भइस् भने चिया खान आएस् ।”
अनि कल्पिन्थें— म कालो कोट लगाएर हाम्रै होटलमा चिया खान आउँथे, बुवालाई पैसा दिन्थें अनि बेलुकी त्यही पैसा चोरेर गोजीमा हाल्थें !

० ० ०
हरेक शुक्रबार बुवा र म २६ किलोमिटर पर गाउँ जान्थ्यौं, जहाँ आमा, दिदी र भाइ हुन्थे । घर जाँदा म संसार जितेझैं हुन्थें । फिलिप्सको रेडियो बजेको सुनेर दिदी र भाइ दौडिएर बाटामा लिन आउँथे !
घरमा टिभी नहुँदाको हुटहुटी थियो मनमा । बुवा भन्नुहुन्थ्यो, “टिभी ल्याए तिमीहरु बिग्रन्छौ ।”
म सहज बुझ्थें- टिभी किन्ने ल्याकत थिएन हाम्रो । अनि बुवासँगै रेडियो सुन्थ्यौं दिनभरि, रातभरि ।
DAD
० ० ०

झुप्रो होटलको भित्र कतै कुना बुवा र मेरो सानो घर थियो ।
र, त्यही झुप्रोमा एकदिन आगो लाग्यो, बुवा आधा जल्नुभो । छोरोलाई बचाउँदा आफू जल्ने बाउ पहिलोपटक त्यही रात देखें ।
आधा जलेको शरीर डोर्‍याउँदै म अस्पताल लैजान्थें, ल्याउँथें । म एक्लो सहारा थिएँ बुवाको । उहाँ ज्ञानी छोरा बन्नुभएको थियो, म बाउ !
हरेक मान्छे दुईपटक जन्मिन्छ— एकपटक बाउआमाले जन्माउँछन्, एकपटक छोराछोरीका लागि जन्मिन्छन् । मेरा बुवा मेरा लागि जन्मिनुभएको थियो दोस्रोपटक !

० ० ०

होटल बेच्यौं, फेन्सी किन्यौं । आमा, दिदी र भाइ गाउँबाट सहर आए ।
पसलका लागि सामान लिन बुवा हरेक महिना काठमाडौं आउनुहुन्थ्यो । उहाँसँगै काठमाडौं घुम्नु मेरो सबैभन्दा ठूलो सपना हुन्थ्यो । विशालबजारको लिफ्ट चढेका कथा साथीहरूले सुनाउँदा म हुरूक्कै हुन्थें ।
बुवा सामान पोका पारेर बसपार्क जानुअघि म पिलपिल गर्थें । घोसेमुन्टो लगाएर आँसु खसाल्थें । बुवा एकमन मलाई हेर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, “जा, लुगा लेर आ ।”
म भक्कानिन्थें !
काठमाडौंमा विशालबजारको लिफ्ट चढ्नु र बाटामा सलाईका खोस्टा खोज्नु मेरो एकमात्र उद्देश्य हुन्थ्यो । ती खोस्टाको मोल दाङमा ठूलो हुन्थ्यो । अझ रंगीन भए दुईगुणा बढी मूल्य । गोजाभरि सलाई बोकेर म बुवासँगै दाङ फर्किन्थें । गाडीमा उपदेश सुन्थें । एउटा उपदेश अहिले पनि सम्झन्छु, “जीवनसाथीभन्दा साथी सधैं एक तह माथि हुन्छ, साथीलाई कहिल्यै नपिराएस् !”

० ० ०

पसल र बसाइ अलि टाढा थियो । पालैपालो टिफिनमा खाना पुर्‍याउँथ्यौं बुवालाई । बेलुकी दिदी भाँडा माझ्थी, म धुन्थें । बुवा भन्नुहुन्थ्यो, “आफ्नो काम आफैं गर, तिमीहरू कम्युनिस्टका छोराछोरी हौ ।”
त्यही कम्युनिस्टको प्रभाव राख्न मेरो नाममै लेनिनको स्ट्याम्प राखिदिनुभो ! कांग्रेस भएको भए शायद बीपी राख्नुहुन्थ्यो !

० ० ०

फेन्सी बेच्यौं, गेस्ट हाउस किन्यौं । कपडा बेच्न छाडेर मान्छे सुताउन थाल्यौं ।
बुवाको आफ्नै दर्शन थियो- हामी साना छँदा कहिल्यै चुरोट र रक्सी बेच्नुभएन । समय फेरियो— जीवनले उहाँलाई ती सबथोक बेच्न बाध्य बनायो !
बुवा चिन्न मलाई २६ वर्ष लाग्यो । जब चिनें, उहाँ हजुरबुवा भइसक्नुभएको थियो !

० ० ०

सानोमा बुवा रेडियो बजाउँदै पसलबाट घर आउँदा हामी खुसीले लठ्ठिन्थ्यौं, अचेल दाङ जाँदा हामी कलंकीबाट फोन गर्छौं, बुवा लठ्ठिनुहुन्छ । पहिले दसैंमा बुवाले नयाँ लुगा किन्दिनुहुन्थ्यो, म रमाउँथें । अचेल म किन्दिन्छु, बुवा रमाउनुहुन्छ !


_________________________________________________________________________________

[बुवासँग २६ वर्ष बसें, त्यसपछि काठमाडौं आएँ, जहाँ जीवनको अर्को अध्यायले बाटो समात्यो
]

Wednesday, August 27, 2014

INCOGNITO MODE FOR SECRET BROWSING

-MANJUL
Hi!!!
My dear friends, today here am teaching you how to BROWSE ON CHROME WITHOUT STORING HISTORY...


Many of us open some unusual sites and we later clear the browser history. If we forgot to clear the history and if someone looked in into the history then we would be ashamed. This is the problem of many of our friends and specially teenagers....
So my dear friends here I am introducing the secure mode of browsing in Chrome...

INCOGNITO mode is the secure mode of browsing for CHROME users. To activate this mode press CTRL+SHIFT+N then a new window will appear its  INCOGNITO mode...

Open whatever you want, download whatever you want, browse however you want no history will be stored in your computer's browser history.

But be sure that Incognito mode does not hide your browesing history from your Internet Service Proveder...

ENJOY THE SECRET BROWSING... 
DO NOT FORGET TO LIKE COMMENT and SHARE...

Tuesday, August 19, 2014

हाइकु

तनाबले म
मैले कोदोको जुस
खाध्य शृंखला!!!

-मञ्जुल

Tuesday, August 12, 2014

गैंडा टाइम्स

-बुद्धि सागर

सिसौको रूखमुन्तिर सुस्ताइरहेको थिएँ। बेलाबेला बाक्लो छाला सुम्सुम्याउन आइपुग्ने चिसो बतास अबेरपछि महसुस हुन्थ्यो। चराहरू चिरबिराइरहेका थिए। सोचिरहेको थिएँ - एकछिन पछि कर्नालीतिर नुहाउन जान्छु।
'केटा,' आवाज आयो।
मैले आवाज आएतिर नियालेँ। तीनचार जना केटी रैछन्। मैले मधुरोगरी देखेँ।
'म केटा होइन,' मैले ठूलो आवाजमा भनेँ, 'म गैंडा हुँ, देख्दैनौ चाचरी हो?'
मेरो आवाज सुनेर दुइटी केटी तर्सिए।
'हामी मान्छे गैंडाको बच्चालाई केटा भन्छौं,' एउटी कम्मरमा हात राख्दै ठिंग उभिई।
'आफ्नो प्रेमीलाई पनि केटा त भन्छौं नि,' म उठेँ, 'मलाई पनि प्रेमले केटा भन न त!'
'यस्तो नाकमा सिङ भएकोसित पनि के मायापिर्ती लाउनु?' एउटी अल्लि नजिक आई, 'के माला सिङमा झुन्ड्याइदिनु?'
मैले नियालेँ - छेउमा आउने केटीले टाउकोमा सल राखेकी थिई। गालामा मसिना पसिना थिए। पसिनामा औंलाले प्याट्ट हानूँ जस्तो लाग्यो। तर के गर्नु, केटी पछारिई भने?
'सिङ त गोरुका हुन्छन्,' मेरो ज्यान थर्थरायो, 'यो त खाग हो। थाहा छैन, मान्छेहरू यसलाई पाउन ज्यान फाल्छन्।'
म केटीको नजिक पुगेँ।
'एई भाग्,' म नजिक पुगेको देखेर पर उभेकी केटी कराई।
'किन भाग्ने?' छेउकी केटीले भनी, 'यो केटो त बच्चै छ, राम्ररी खाग पनि टुसाएको छैन।'
'मेरो डर लाग्दैन, सत्ये?'
'किन डराउने?' केटीले तिखा आँखाले हेरी।
'मेरो हरियो छाला छ नि त!'
'डराउन्नँ म त, हरियो छाला भएको गैंडासित।'
'कोसित डराउँछ्यौ त, मैया?'
'हरियो छाला भएका मान्छेसित।'
म ट्वाल्ल परेँ।
'यो वनभरि हरियो छाला भएका मान्छे छन्, ख्याल राख्नू,' मैले आँखा झिम्काएँ, 'कता हिँड्यौ यसरी चिरिच्याट्ट परेर, तीज आ'छ कि के हो?'
'फूल फुल्नलाई वसन्तै आउन नपरेझैं राम्री हुन पनि तीज आउन पर्दैन,' केटी हाँसी, 'काउलो टिप्न जान ला'को।'
'जंगलको भित्रभित्र नजानू,' सम्झाएँ, 'जताततै हरियो छाला भएका मान्छे छन्।'
'तिनले लखेटे भने तिमी भत्ल्याक-भत्ल्याक हाम फाल्दै बचाउन आउनू नि,' केटी हाँसी, 'फिलिममा झैं।'
'फिल्ममा त त्यसरी कुकुर आउँछ, गैंडा आको देख्या छौ?'
अरू केटी अघि लागे। पछि परेकी उसले दगुर्दै भनी, 'रियल लाइफमा ट्राई गर न त, फिल्ममा लिइहाल्छन् कि?'
म उभिरहेँ। केटीहरू मेरा आँखाबाट परपर हुँदै गए।
कर्नालीतिर नुहाउन हिँडेँ।
एकडेढ घन्टापछि, नुहाएर फर्किंदै गर्दा मेरा कानका जाली हल्लिनेगरी चार-पाँच पल्ट लगातार गोलीको आवाज आयो - ड्याम्म ड्याम्म। ज्यान सिरिंग भयो। बेस्मारी त्यतातिर दगुरेँ, जतातिर मा र पा हुनुहुन्थ्यो।
...


सारा गैंडा कुल त्यहीँ थिए। ठूलो रूखको छायामुन्तिर मा र पा चिन्तित देखिनुभएको थियो। बाँदर मीत बाका परिवार पनि त्यहीँ थिए। छेउको ढिस्कोमा टुसुक्क बसेका थिए। मितिनी आमा मीतभाइलाई छातीमा च्यापेर ट्वाल्ल परेकी थिइन्।
'अहम्, काँ पुगेर आइस्?' मलाई देख्नेबित्तिकै पाले सोध्नुभो, 'भर्खरै जंगलमा गोली चल्यो, अहम् तेरो चिन्ताले सताथ्यो।'
'कर्नालीमा नुहाउन गाथेँ,' छेउमा उभिएँ, 'कसैलाई केही त भएन?'
'अह्म, साइलो बुझ्न गा'छ,' पाले भन्नुभो, 'अब जंगलमा बस्नु खतरा हुँदै गो।'
म बोलिनँ।
कान्छा पाले मुख फोरे, 'अब यो आरक्ष छाडेर अन्तै सर्ने हो कि?'
'अहम्, के गुर्न कान्छा?' पाको आवाज मसिनो भो, 'हाम्रा पुर्खाका चिहान यतै छन्। पुर्खाको सम्झनालाई चटक्कै छाडेर जाने कुरा भएन। केही दिन अझै हेरम्, कालबेला अझै बढ्दै गयो भने सबै छाडेर हिँड्नुपर्ला।'
'हाम्रो कुलमा तपैंकै खाग पुरानो हो, तपैं नै हो जान्ने-बुझ्ने,' कान्छा बाको ढाड थर्थरायो, 'हाम्रो काम त तपैंलाई ट्वाल्ल परेर हेर्ने हो।'
लामो सन्नाटा छायो। अनि छेउछाउका झाडीमा सर्‍याक-सर्‍याक आवाज आयो। सबै झस्किए।
साँल्दाइ झाडीबाट फुत्त निस्किए।
'के भा रैछ साइँला?' पाका आँखा चनाखा भए। साँल्दाइले एकछिन सास थामे।
'गैंडाहरूलाई त केही भ'को रैनछ,' उनले भने, 'मान्छे नै मारेजस्तो छ। लास त देखिनँ, भुइँभरि रगतका टाटा थिए।' एकछिन फेरि सनान्नाटा छायो।
'खिखिखि, मनुष्यलाई पनि के भाको हो?' मीत बाले अलि ठूलो स्वरमा भने, 'गोली पड्का छन्, मर्‍या छन्। फेरि तिनलाई मर्न-मार्न जंगललै चाहिने।'
'मति बिग्रेपछि यस्तै हो,' पा उठ्नुभो, 'अहम्, एकपल्ट रगतको तिर्खा लाग्यो भने तिर्खा कहिल्यै मेटिँदो रैनछ।'
अनि, सबै आफ्नो बासस्थानतिर लागे। पा भने रातभरि निदाउन सक्नुभएन। म चन्द्रमा हेरेर टोलाइरहेँ। बिहानै मितबा मुखका पत्रिका च्यापेर रूखका हाँगाहाँगामा हामफाल्दै हामीतिर आइरहेका थिए।
'अहम्, यस्तरी हतारिया छन् मित,' बा झस्किनुभो, 'पक्कै नराम्रो सम्चार ल्याएजस्तो छ।'
मितबा सर्‍याक-सर्‍याक रूखबाट तल झरे। सारा जंगलमा मितबा नै हुन् पढ्न-लेख्न जान्ने। मलाई पनि सानैमा क-ख सिकाएका थिए।
'खिखिखि, हिजो यो जंगलमा को-को मारिया रैछन् भन्ने थाहा भो,' पत्रिका भुइँमा फाल्दै मितबाले ढाड कन्याए, 'सबै नारी रैछन्, दोहोरो भिडन्तमा परेछन्। सिकार खेल्न आथे रे। खिखिखि, आर्मीले भेटेछन्।'
पा बेस्मारी झस्किनुभो। मैले हतार-हतार पत्रिका पल्टाएँ। चारजना केटीको लास लम्पसार परेको थियो। मुटु चस्स भो। थ्याच्च बसेँ।
'के भो गैंडु?' पा आत्तिनुभो।
'यी केटी त हिजो काउलो टिप्न गाथे,' मेरा आँखा धमिला भए। स्वात्त आँसु खस्यो।
'अहम्, के भन्छ यो?'
'एकछिन मसित कुरा गरेका थे,' मैले आँसु थाम्न सकिनँ, 'हरियो छाला भाकासित डर लाग्छ भन्थे, ठहरै पारेछन्।' मौनता छायो।
एकछिन पछि मितबाले मलिन आवाजमा भने, 'पहिलोपल्ट गैंडा कुलमा कोही रोयो। खिखिखि, राम्रो लक्षण होइन यो।'
...

भोलिपल्ट ११ः३० बजे। साँल्दाइ परको फाँटमा बेस्मारी दगुरिरहेका थिए। बेलाबेला हावामा खाग नचाउँथे। पिसाब फेर्न टुसुक्क उभिएको थिएँ, सजग भएँ। साँल्दाइ जंगल पसे। म पनि दगुरेँ।
उनी, अगाडिका ठुल्ठुला रूखलाई टाउकैले ढालिदिउँलाझैं फ्वाँ-फ्वाँ दगुर्दै घरतिर सोझिए। मैले पछ्याएँ।
'खिखिखि, के भयो साँइलालाई, गैंैडु?' मीत बाको आवाज आयो। उनी पनि हतारिँदै रूखका हाँगाहाँगामा हाम फाल्दै आइरहेका रैछन्। 'थाहा छैन, मीतबा,' मैले भनेँ, 'ठूलै संकट आइलागेजस्तो छ।'
मितबाले बेस्मारी अर्को रूखको हाँगामा हाम फाले। हामी पुग्दा साँल्दाइ पाका अगाडि थरथर काँप्दै उभिएका थिए। गर्धनमा चाख्लो-चाख्लो साङ्लोजस्तो केही बाँधिएको थियो।
'के भो साइँला?' पाले सोध्नुभो, 'अहम्, पापीहरूले तेरो पनि खाग निकाल्न खोजे कि?'
'थाहा छैन,' साँल्दाइले रुन्चे स्वरमा भने, 'पहिला चारपाँच वटा हात्तीले घेरे। हात्तीमाथि सयौं मान्छे थिए। पछि गर्धननेर च्यास्स भयो। होस आउँदा म एक्लै थिएँ। गर्दनमा भने यस्तो यन्त्र बाँधिएको रैछ।'
'अहम्, फेरि के आपत आइलाग्यो?' पाको आवाज काँप्यो।
'चिन्ता नगर, मीत,' मीतबा भुइँ झरे, 'यस्लाई जिपियस भन्छन्।' पा ट्वाल्ल पर्नुभो।
'यो लाए'छि गैडा काँ-काँ हिँड्या छ, सप्पै था हुन्छ रे!'
'अहम्, भनेछि पापीहरूले अर्को जालमा पारे हामीलाई?'
'भन्न त गैंडाकै सुरक्षाका लागि हो भन्छन्। खिखिखि, चिन्ता नगर मीत। यसले फाइदै गर्ला।'
'यस्तो कुकुरले झैं पट्टी लाएर हिँड्दिनँ म,' साँल्दाइ रन्किए, 'अब जंगलमा मेरो के इज्जत होला?'
'खिखिखि, साइँला, यस्तो कुरा नगर,' मीतबा मुसुक्क हाँसे, 'यो त तिम्रा लागि तक्मा हो। अब तिमी सामान्य गैंडाबाट विशेष गैंडा भयौ। पत्रिकामा तिम्रो फोटो छापिन्छ।'
'म नेता होइन मीतबा, पत्रिकामा फोटा छाप्दै हिँड्ने,' साँल्दाइले रूखमा गर्धन जोते, 'यो यन्त्र नफाली म फर्किन्नँ।' अनि, घना वनतिर दगुरेँ। अल्लि पर पुगेर रूखमा फेरि आफ्नो गर्धन जोतेँ। रात पर्दै गएपछि मैले साँल्दाइलाई खोजेँ, कतै भेटिएनन्।
'त्यस्तो मुर्ख थ्यो साइँलो,' सुत्नुअघि माले खुइय सुस्केरा हाल्नुभो, 'त्यै नै मान्छेको फेला पर्‍यो।'
म रातभरि निदाउन सकिनँ। मध्यरात थकित साँल्दाइ फर्किए। गर्धनमा पट्टी छँदै थियो। घरबाहिर उभिरहे। अनि बस्दै मसिनो आवाजमा भने, 'गैंडु, अब मलाई खतरै खतरा छ। मलाई केही भइहाल्यो भने मा र पा ख्याल राख्नू।'
म दाइको छेउमा बसेँ, दुवैको छाला ददारिएछ। बिस्तारै आवाज आयो - ख्याट्ट। मलाई थाहा छ, खतरा यस्तै मसिनो 'ख्याट्ट'सहित आउँछ।
...
एकहप्तामा गर्मी बेस्मारी बढेको थियो। दुलाबाट सर्प बाहिर निस्कँदै थिए। म दिनभर एकान्तमा टोलाएर बस्थेँ। एकदिन झ्याम्म परेको रूखको छहारीमा बसेको थेँ। फन्टुस लोखर्के दगुर्दै आयो।
'पहलमान दाइ,' बुरुक्क उफ्रँदै भन्यो, 'तिम्रो घरमा भीड ला'छ।'
'के भो?'
'तिम्रा बा सिकिस्त बिरामी भा'को जस्तो छ।'
म बेस्मारी घरतिर कुदेँ। सारा जंगलका गैंडाले पालाई घेरेका थिए। पा भुइँमा पछारिनुभएको थियो। मा छेउमा थ्याच्च बस्नुभएको थियो। छेउमै मीतबा पनि थिए। साँल्दाइ आमाछेउ उभिएका थिए। पाको नाकमाथिबाट रगत बगिरहेको थियो। मैले देखेँ - पाको खाग थिएन। मलाई भननन रिंगटा चल्यो।
'जेठा बा, यस्तो बेला त भन्न नहुनी हो,' पल्लाघरे गैंडाले भन्यो, 'अब तपार्इं हाम्रो मुखिया रहनुभएन। हजुर्को मुकुट लिएर पापीहरू भागे। अब त गैंडादेवले पनि हजुर्को प्रार्थना सुन्दैनन्। तपार्इं बुच्चो हुनुभो।'
'यस्तो दिन देख्नुअघि, अहम्, म किन मरिनँ?' पाको आवाज मलिन भो।
'हो जेठा,' छिमेकी वनका मुखिया बाले भने, 'अब मुकुट नभएपछि तिमी मुखिया हुन मिल्दैन।'
'खिखिखि, अबको जमानामा यस्ता वाहियात कुरा नगर मुखिया,' मितबा रन्किँदै बुरुक्क उफ्रिए, 'यीजति जंगल बुझेको अरू कोई छ? मुखियाको काम शासन गर्नेमात्र होइन अरूको सुरक्षा दिने हो। अरू कसैसँग यस्तो ह्याऊ छ भने भन।'
'बरु हामी पालैपालो मरौंला,' दुईचार गैंडाले नारा लगाए, 'कि त मुकुट फिर्ता ल्याउनुपर्‍यो कि त अर्को मुखिया चुन्नुपर्‍यो।'
'अहम्, बनाम्ला त नि अर्को मुखिया,' पाले भन्नुभो, 'मैले तिमीहरूमा निरंकुशता लाद्न खोजेको होइन, सबै रीत पुर्‍याउनुपर्छ। पापी मान्छे र हामीमा फरक पनि त हुनुपर्‍यो!'
'पा, चिन्ता नगर्नुस्,' मैले भनेँ, 'म फिर्ता ल्याउँछु मुकुट।'
सबैले छक्क पर्दै मतिर हेरे।
'मलाई थाहा छ, खाग तस्करहरू कहाँ छन्,' मेरो आवाज ठूलो भो, 'म भोलि नै काठमान्डु जान्छु।'
....
चन्द्रमा आकाशको पल्लो पुछारमा पुगिसकेको थियो। जंगल शान्त थियो। मैले मा र पालाई ढोगेँ। उहाँका आँखाबाट छिपछिप आँसु निस्कियो। 'गैंडु, आफ्नो ख्याल राख्नू। ह्याँ त दस जना मानिसले हाम्रो हंस लुट्याथे,' माले भन्नुभो, 'तिमी त लाख-लाख मानिसको बीचमा जाँदैछौ। सके बाको मुकुट लिएर फर्किनू, नसके आफ्नो मुकुट बचाउनू।'
पाका ओठ काँपे, बोल्न सक्नुभएन।
'म यसलाई परसम्म पुर्‍याएर आउँछु' भन्दै साँल्दाइ अघि लागे। म मा र पादेखि परपर हुँदै आएँ र ठूलो रूखबाट मोडिएँ। साँल्दाइ बीचरोडमा उभिएपछि रन्किँदै आएको ट्रक रोकियो। म लुसुक्क पछाडि चढेँ। भाग्यबस ट्रक खाली नै रैछ।
'लौ, आज राम्रै कमाइ होलाजस्तो छ,' अगाडिबाट ड्राइभरको आवाज आयो, 'साक्षात गैंडा देखियो।'
खलासीले दुवै हात जोड्यो। साँल्दाइले बाटो छाडे, ट्रक बेस्मारी हुइँकियो। म कतिबेला निदाएँ, थाहा भएन। गाइँगुइँ आवाजले ब्यँुझिएँ। मेरा आँखामाथि दुइटा अनुहार झुन्डिएका थिए।
'अर्काको ट्रक सुटुक्क चढेर कता हिँड्यौ?' बुढो अनुहारले सोध्यो, 'हाम्लाई गंैडा तस्कर भनेर समात्छन्।'
'चिन्ता नगर्नुस् हजुर, केही भइहाल्यो भने म सम्झाउँला,' मैले हात जोडेँ, 'काठमान्डु हिँडेको हुँ, पाको खाग फिर्ता ल्याउनु छ।'
'आच्या, गुरुजी यो गैंडा त बोल्दो पनि रछ,' खलासी बुरुक्क उफ्रियो।
'देखिस् लड्का?' गुरुजी हाँसे, 'साह्रै भएपछि त गैंडा पनि बोल्दो रैछ। कलीयुग आको भनेको सही रैछ।' म हाँसिरहेँ।
'पिसाब फेर्न झरेको पनि फाइदै भो,' गुरुजीले भने, 'तिम्लाई देख्यौं, अब चिन्ता नगर म जसरी पनि तिमीलाई काठमान्डु पुर्‍याइदिन्छु।'
गुरुजी र खलासीले मलाई पाल ओढाइदिए। ट्रक हर्न बजाउँदै बेस्मारी कुद्यो। म पालभित्र फेरि निदाएँ। पहिलोपल्ट गाडी चढेर होला - भननन रिंगटा पनि चलिरहेको थियो। चर्काचर्का हर्नले ब्युँझिएँ। पालबाट बाहिर चिहाएँ, अँध्यारो भइसकेको रैछ।
'थानकोट आइपुग्यौं, अगाडि चेकिङ छ,' गुरुजीले पछाडि फर्केर भने, 'तिमी चुपचाप बस।'
झिलिलिली टर्च बालेर आर्मी आयो र सोध्यो, 'पछाडि के छ?'
'खाली छ, हजुर।'
'एकपल्ट हेर्न पर्‍यो,' आर्मी ट्रकमा उक्लियो र करायो, 'के हो यत्रो बेडेमानको?'
मेरो ढुकढुकी बढ्यो। आर्मीले पाल ह्वात्त तान्दै टर्चको उज्यालो मेरो ज्यानमा फाल्यो।
'के रैछ?' तलबाट आवाज आयो।
'सर्कसको सामान रैछ,' आर्मी झर्‍यो, 'कागजको गैंडा।'
ट्रक अघि बढ्यो। म ट्रकको मसिनो चेपबाट बाहिर नियाल्न थालेँ - काठमान्डुको एकपाटो उज्यालो र अर्को पाटो अँध्यारो देखियो। एकछिनपछि, ट्रक घ्याच्च रोकियो। गुरुजीले भने, 'लौ त गैंडाबाबु, कलंकी आइपुग्यो। हामी अब साउकोमा जान्छौं। तिमी यतै झर।'
म अक्मकिएँ।
'सोचेर आ त हौला, काँ जाने भनेर।'
म झरेँ। खलासीभाइले हात हल्लाए। मैले हाँसेजस्तो गरेँ, 'सिमदरबार कता पर्छ, गुरुजी?'
'यै बाटो सोजै जाऊ, पुग्छौ।' गुरुजीले अगाडिको लमतन्न बाटो देखाए, 'तिम्लाई थाहा छ कि छैन, सिमदरबार बिहान नस नबजी खुल्दैन।'
मैले शिर हल्लाएँ। ट्रक बेस्मारी हुइँकियो। अब कता जाऊँ? म एकछिन अल्मलिएँ। मीतबाले भनेका थिए, 'ट्याक्सी चढ्नू।' नौ-दस हजार गोजीमा थियो। सोचेँ, ट्याक्सी नै चढ्छु। फाट्टफुट्ट ट्याक्सी कुदिरहेका थिए। म हात ठड्याएर उभिएँ। एकैछिनमा ट्याक्सी रोकियो। हतारमा भनेँ, 'दाजु, सिमदरबार जाने हो?'
ड्राइभर मलाई ठुल्ठुला आँखाले हेर्न थाल्यो। कुर्लियो, 'के ट्याक्सी रोकेको? टाटा मोबाइल रोक्, त्यसमै अट्छस्। लोद्धर लागेका बेला कस्ता-कस्ता मान्छे...।' एकनिमेष अल्मलिएर ड्राइभर फेरि करायो, 'कस्ता-कस्ता गैंडा आइलाग्छन् बा!'
थुक्क थुकेर ड्राइभर कुद्यो।
लौ त, सिमदरबार भोलि नै जाम्ला। आजको रात काटूँ। खोज्दाखोज्दा बल्ल होटेल भेटँे। झिलिमिली बलिरहेको साइनबोर्ड थियो, 'साक्षात् अप्सरा होटल।'
ढोका ढक्ढकाएँ।
'को हो ट्यापे? हिच्, यत्ति राति?' लर्बरिएको आवाज आयो।
'हजुर, म गैंडा हुँ,' मैले मसिनो आवाजमा भनेँ, 'एकरात बास चाहियो।'
'यस्कीमा, हिच् जिस्किँदो पो रैछ,' घद्र्याक-घुदु्रक आवाज आयो। ह्वात्त ढोका उघि्रयो। अधबैंसे मानिस ढोकामा उभियो। ट्वाल्ल पर्दै हेर्‍यो। आँखा मिच्यो।
'यस्कीमा गैंडे, अप्सरा होटेललाई हेप्छस्?' उसले लात्ती उचाल्यो, 'रंगशाला जा। जंगली, के तँलाई जंगल सानो भो, सहर आछस्? छिः कस्तो गनाको।'
म ट्वाल्ल परेँ। उसले ढ्याप्प ढोका लायो। मान्छेको जात यत्तिसम्म रद्धी होला - सोचेकै थिइनँ।
बरु हिँडेरै रात कटाउँछु, मैले फेरि सोचेँ। भोकले रन्थनिइरहेको थिएँ। खाना खोज्ने सुरमा अँध्यारो गल्लीमा भौंतारिएँ। कमै घरमा बत्ती बलेका थिए।
'को हो यत्रो ट्रकजस्तो?' अँध्यारो कुनाबाट आवाज आयो। ९-१० वर्षको फुच्चे केटो अँध्यारोबाट बाहिर आयो। ज्यानमा मैलो जाँगे र थोत्रो बन्डी थियो। खाली गोडा। जिङरिंग कपाल। ऊ मभन्दा पनि गनाको थियो।
'गैडा हुँ, बाबु,' मैले मलिन आवाजमा भनेँ, 'आजै आको, भोकले रन्थनेको छु।'
उसले रमाउँदै हेर्‍यो।
'मै त तीन दिनदेखि भोको छु,' उसले मेरो पेटमा प्याट्ट हान्दै भन्यो, 'सारा दोकान बन्द भैसके, पैसा छ?'
मैले झोला थप्थपाएँ।
'अब त पैसा भए पनि पाइन्नँ,' उसले मलाई अँध्यारोतिर तान्यो, 'आऊ, आज यतै सुत।'
उसले पेटी देखायो। पल्टेँ। आँखा चिम्लिएँ। केटो मेरो छातीतिर लपक्क टाँसियो। निद्रा लागेन, अबेरसम्म टोलाइरहेँ। आकाशमा चन्द्रमा थियो तर मैले जंगलबाट देख्ने चन्द्रमाभन्दा यो चन्द्रमा मैलो थियो।
'तिम्रो नाम के हो, बाबु?' मैले फुच्चेलाई कोट्याएँ।
'काठमान्डु,' उसले निद्रामै भन्यो, 'मलाई त जसले भेटेपनि लात्तैलात्तले गोद्छन्।'
...
बिहानै काठमान्डुले पाँच पोका पाउरोटी, कागजमा बेरिएका छवटा समोसा र एउटा पानीको बोतल ल्यायो। पैसा फिर्ता दियो। मैले एक निमेषमै साढे पाँचपोका पाउरोटी र तीनवटा समोसा खाएँ। पानी पिएपछि पेट ढुस्स भो। आफ्नो फेरि एकैठाउँ हगासनमा बस्ने बानी पेट गडबड भयो भने के गर्ने होला?
'पेट ढुस्स भो,' मैले ढ्याउ गरेँ, 'ग्यास्टिक होलाजस्तो छ।'
'कइँ गैंडालाई पनि ग्यास्टिक हुन्छ?' काठमान्डु खिस्स हाँस्यो।
'के गैंडाको पेट हुँदैन कि क्या हो?' मैले दाँत देखाएँ।
'यस्तै हो, काठमान्डुमा पेट ढुस्स भइरहन्छ।'
मेरा आँखा भर्खरै समोसा ल्याएको कागजको टुक्रामा गयो। लौ, त्यहाँ त साँल्दाइको फोटो पो रैछ! साँल्दाइ भुइँमा लडेका थिए, वरिपरि मान्छे थिए। फोटामाथि ठुल्ठुला अक्षरमा लेखिएको थियो - गैंडा संरक्षणमा अर्को फड्को। खाग चोरलाई फाँसी देऊ।
दायाँपट्टि सानो फोटो पनि थियो - जुँगावाल मान्छेको। मुन्तिर नाम थियो - डा.कर्मदास 'पसिनाजीवी'।
ए, भनेपछि यिनैले हाम्राबारेमा लेख लेखेका रैछन्।
म मख्ख परेँ - यिनैलाई भेटे पाको खाग खोजिदिन्छन् कि?
'किन हाँसेको?' काठमान्डुले सोध्यो।
'ल हेर, मेरा साँल्दाइको फोटो,' मैले पत्रिका देखाएँ।
'तिम्रा दाइ मरे?'
'होइन। मान्छेले बेहोस बनाका हुन्,' मैले छेउको फोटो देखाएँ, 'यिनलाई चिन्छौ?'
'किन नचिन्नु?' काठमान्डुले फोटा हेर्दै भन्यो, 'मेरो नाम काठमान्डु भन्ने था छैन? म ह्याँ बस्ने जसलाई पनि चिन्छु।'
'फोन पत्ता लगाइदेऊ न!'
'जाबो त्यति पनि,' काठमान्डु हाँस्यो, 'ल हिँड, पिसिओ।'
काठमान्डुले पत्रिका किन्यो। मलाई भीडभाडहीन पिसिओमा पुर्‍यायो। पिसिओवाला छक्क परेर मलाई हेर्दैथ्यो। काठमान्डुले पत्रिका कार्यालयमा फोन गर्‍यो र पसिनाजीवीको 'फ्यान' हुँ भन्दै नम्बर माग्यो। एकैछिनमा नम्बर पाइयो। उसले फेरि नम्बर थिच्यो। घन्टी गएछ, मलाई दियो।
उताबाट आवाज आयो, 'हेलो।'
'हजुर पसिनाजीवी पर्नुभो?' मैले नम्र आवाजमा सोधेँ।
'होइन, आँसुजीवी हुँ। रोको रोयै गर्छु। हिहिहि, मेरो नाम पूरा आउँदैन?'
'हजुर, कर्मदास पसिनाजीवी होइन?'
'होइन,' उनको आवाज मोटो भो, 'म डाक्टर कर्मदास पसिनाजीवी हुँ। तपार्इं को पर्नुभो त?'
'मैले हजुर्को लेख पढेको थिएँ।'
'आम्मामा, पहिलोपल्ट कसैले मेरो लेख पढेर फोन गर्‍यो,' नरम आवाज आयो, 'नमस्ते है, के सेवा गरूँ?'
'हजुर, म बर्दिया राष्ट्रिय निकुन्जको गैंडा हुँ। पाको खाग चोरी भो। सहयोग गर्नुहुन्छ कि?'
'एइई स्वाँठ, ब्यान-ब्यान जोक गर्छस््?' आवाज कडा भो।
'ठट्टा गरेको होइन?' म झन् नम्र भएँ, 'म साँच्चैको गैंडा हुँ।'
'त्यसो भए गैंडाको आवाज सुना।'
म कराएँ।
'अनि कता हुनुहुन्छ?' फेरि आवाज नम्र भयो, 'हजुर मेरै घरमा पाल्नुस्। भाउजुले पकाको खाना खानुस्। मेरी छोरीलाई पनि साक्षात् गैंडा हेर्ने रहर छ।'
'हस्, तर म हजुर्को घर कसरी पत्ता लगाऊँ?'
'चिन्ता नगर्नुस्, तपाइं अहिले कहाँ हुनुहुन्छ?'
काठमान्डुले ठेगाना भनिदियो।
'एकछिन कुर्दै गर्नुस् है त!' पसिनाजीवीको आवाज मेरोभन्दा नम्र भयो, 'म एकैछिनमा ट्रक पठाइदिन्छु।'
हामी पिसिओबाहिर आयौं। एकछिन अक्मकिँदै काठमान्डुले भन्यो, 'ल त गैंडादाइ, म गएँ। तिमी ह्याँ ट्रक कुर।'
मैले पचासको नोट दिएँ। लियो। एकदुई कदम हिँडेपछि काठमान्डुले हाँस्दै भन्यो, 'यता खराब मान्छे धेर छन्। आपत पर्‍यो भने फोहरको थुपै्रथुप्रो भएको अँध्यारो ठाउँमा आएर बोलाउनू, म त्यतै हुन्छु।'
....
ठूलो भुँडी। राता गाला। चम्किलो तालु। दुवै कन्चटमा अलिकति रौं। तल कुर्ता र माथि बन्डीमा थिए - पसिनाजीवी। सोफामा उपरखुट्टी लाएर बसेका। मान्छे त हुनेखाने नै रैछन्। घर ठूलो थियो। बैठक कोठाको कुनामा भुस भरिएको नक्कली बाघले मलाई एकछिन तर्सायो। ठूलो गेट। गेटमा लेखिएको थियो - सावधान घरमा पाँचवटा कुकुर छन्। तर भित्र कुकुर रैनछन्।
'हेर्नुस् भाइ, सबै फटाहा मात्रै छन्,' पसिनाजीवी गम्भीर भए, 'खाग खोज्न त गारै होलाजस्तो छ। तै म मेरो बर्कतले भ्याएको गरूँला।'
'हजुर, मैले खुब आश गर्‍या छु,' म मलिन भएँ, 'खाग नभएर जंगलमा पाको इज्जत गयो। मलाई त आत्महत्या गर्नुहुन्छ कि भन्ने डर लागेको छ।'
'गैंडाले पनि आत्महत्या...,' उनी टक्क अडिए, 'चिन्ता नगर्नुस् म छु। म डा. कर्मदास पसिनाजीवी हुन्जेल चिन्ता नगर्नुस्। एक पेग जिन लिनुहुन्छ?'
'हजुर, म मदिरा लिन्नँ।'
'कफी त लिनुहुन्छ होला नि?' सुरिलो आवाज आयो, 'मैले डेढ वर्षपछि कफी बनाकी हुँ, नाइँ नभन्नू।'
भत्ल्याक्क पेट निस्किएकी महिलाले कप मतिर बढाइन्। मैले लिएँ।
'ऊ तपाईंकी भाउजु?' पसिनाजीवीले भने, 'यिनी गैंडालाई, माने तपाईंहरूलाई खुब प्रेम गर्छिन्। तपाईंहर्को बारेमा डकुमेन्ट्री बनाउने सोचमा पनि छिन्।'
मैले कपसहित नमस्ते गरेँ।
'अनि बाबु,' उनी पसिनाजीवीको छेउमा बसिन्, 'ड्याडी-ममीलाई आरामै?'
'यी भाइ बाउको खाग खोज्न आका हुन्,' पसिनाजीवीले भने, 'मैले सहयोग गर्ने बचन दिइसकेँ।'
'चोरहरू, ह्वाट फ...,' उनलाई रोक्दै पसिनाजीवी झर्किए, 'तिम्लाई पनि दुनियाँथरी गाली आउँछन्।'
पसिनाजीवी र भाउजुले किचेनछेउको कोठा खाली गरिदिए। पलङ बाहिर झिके। र, भने, 'तपार्इं थाक्नुभो होला, एकछिन आराम गर्नुस्।'
म रित्तो कोठामा पस्नै आँटेको थिएँ, चर्को आवाज आयो, 'ओ माई गड, ओ माई गड, राइनो?'
मैले गेटतिर हेरेँ। जिन्स, टिसर्ट र उच्चअग्लो हिल लाएकी युवती दगुर्दै मतिर आइरहेकी थिइन्।
'यै हो हाम्री छोरी, इस्टेस्कियानिप्रभा।' पसिनाजीवीले हाँस्दै भने।
म हाँसेँ।
'वन मिनेट है, राइनो,' बडो अप्ठ्यारो नाम भएकी उनी घरभित्र दगुरिन्। फर्कंदा उनको हातमा भिडियो क्यामेरा थियो।
'डु समथिङ, राइनो।'
म वाल्ल।
'केही हर्कत गर्नुस् भनेकी हुन्,' पसिनाजीवीले भने। आखिर म एकघन्टा उफ्रिएँ। दगुरेँ। कफी पिएँ। उनले सबै खिचिन्। र, सन्तुष्ट हुँदै भनिन्, 'थ्याङ्स, गड सेक! अब यो भिडियो युटुबमा हिट हुन्छ। आई थिङ्क वान लाख हिटिङ।'
...
भोलिपल्टै मलाई याक एन्ड यतिको फेसन सोमा जानुपर्ने भो। अप्ठ्यारो नामले भनिन्, 'केही गर न नु, पड्डैन, जस्ट हिरे हुनछ।'
'पाको खाग।'
'चिन्ता नगर्नुस्,' पसिनाजीवीले मेरो कुम थुमथुमाए, 'म आज मन्त्रालयतिर जान्छु। बुझेर आउँछु - कतै खाग समाछन् कि?'
म अप्ठ्यारो नामका पछि लागेँ। झिलिमिली बत्ती, चर्को आवाज र छजना सुन्दरीका बीचमा म हिँडेँ। सिटी बज्यो। ताली बज्यो। सो सकिएपछि, सयांै युवती मेरा अघिल्तिर लाइन लागे। 'प्लिज राइनो, अटो ग्राफ।' सबैले सय-सयका नोट अगाडि बढाए।
म वाल्ल परेँ।
'यस्समा, नाम लेखनु,' अप्ठ्यारो नामले भनिन्, 'यसमा तिमरो फफोटा छ।'
ए, त्यसो पो! मैले कम्तीमा सयवटा नोटमा नाम लेखेँ। फर्कंदै गर्दा मैले थाहा पाएँ - मलाई हेर्न आउनेको भीड थाम्न नसकेर पुलिसले लाठी चार्ज गरेछ। भोलिपल्टदेखि त जताततै मेरै फोटा। म जहाँ गएपनि भीड। मलाई विज्ञापन खेल्ने प्रस्ताव आयो। लेखा भाउजुले हेर्ने भइन्। जताततै होर्डिङ बोर्ड झुन्डिए -
गैंडा किन कुल छ?... गैंडाले लगाउँछ... चमेरो छाप तेल
स्नो... गैंडाले पनि पिउँछ
गैंडाको चाहना... आकाश गंगा चुरोट
सेक्सी गैंडा... वान नाइट फरफ्युम
कन्डमको विज्ञापन खेल्न लाज लाग्यो, मैले मानिनँ। लेखेरै ल्याकाथे, 'गंैडाझैं शक्तिशाली... कन्डम।'
छ महिना बितेछ। मैले सिगरेट पिउन सिकेँ। बियर हुँदै ब्ल्याक लेबलसम्म पिएँ। म जता गएपनि अटोग्राफ माग्नेकै भीड। जिब्रो टोक्नेकै भीड। एकदिन कुनै एम्बेसीको प्रोग्रामबाट फर्कंदै गर्दा अप्ठेरो नामले मातमा भनिन्, 'यु नो राइनो, आई हेट बोइज, सबै सेल्पि्कस छन्, आई थिङ्क आ'म इन लभ...।'
उनले आफ्नो शिर मेरो चट्टानजस्तो छातीमा राखिन्, 'डु यु लभ मी?'
एउटा चिसो झिल्का मेरो पैतालादेखि तालुसम्म पुग्यो। मेरो वक फुटेन। घर फर्केर छतमा उत्तानो परेँ। चन्द्रमा हिँडिरहेको थियो। मलाई एकछिन लाग्यो, म काठमान्डुमा होइन, बर्दिया राष्ट्रिय निकुन्जमा छु।
मातले पनि हो कि मुकुटविहीन पाको खुब याद आयो। आँसु तप्प तप्कियो। म जीवनमा दोस्रोपल्ट रोएँ। मलाई जोडले चिच्याउन मन लाग्यो, 'पा... मलाई माफ गर्नुस्।'
म तल झरेँ। अप्ठ्यारो नाम रोइरहेकी थिइन्, पसिनाजीवीको छातीमा टाउको राखेर। मलाई देख्नेबित्तिकै उनले राता आँखाले हेरे, 'के भन्यौ, मेरी छोरीलाई?'
म बोलिनँ।
'तिम्ले हातपात गर्न खोजेको?'
'मलाई सहरको रमझम पुग्यो,' मैले ठूलो स्वरमा भनेँ, 'खोइ, पाको खाग खोज्देको? तपार्इंको ल्याकतले भएन। म आफैं खोज्छु।'
'खोजिस् खाग!' पसिनाजीवी थररर काँपे, 'युरोप पुगिसक्यो होला, तेरा बा अब बुच्चै हुन्छन्। खोज... इस् भेट्छस्!'
म ड्याम्म ढोका धेकेलेर बाहिर निस्किएँ।
'के भो?' भाउजुको आवाज आयो।
'गैंडाले आफ्नो हैसियत देखायो। त्यसलाई सहर पचेन।' पसिनाजीवीले मसिनो आवाजमा भने, 'फेरि यस्तो नगरूँ भनेको, भोलि नै यस्को पनि खाग लुट्छु।'
मेरो ज्यान थररर काँप्यो। मैले सुस्त गेट खोलँे र बाहिर निस्किएँ। अनि, बेस्मारी कुदेँ। मेरो आवाज सुनेर होला, काठमान्डु फोहरको थुप्रोछेउबाट बाहिर आयो। झन् दुबलाएछ। ट्वाल्ल परेर हेर्‍यो र भन्यो, 'दाइ, तिमी त सहरमै हराएछौ, बल्ल होस आयो?'
मेरा ओठ काँपे।
काठमान्डुले मेरो हात समाउँदै अँध्यारो कुनातिर तान्यो, जसरी पहिलोपल्ट भेट हँुदा तानेको थियो।
'थाकेछौ, आज सुत,' काठमान्डुले पेटीमा ढल्कँदै भन्यो, 'भोलि कुरा गरम्ला।'
....

साँझ पर्न थालिसकेको थियो। ट्रकले निकुन्जमा प्रवेश गर्‍यो। अबेरपछि, बीचसडकमा साँल्दाइ देखिए। ट्रक टक्क अडियो। म सुत्त झरेँ। साँल्दाइले बाटो छाडिदिए। ट्रक गयो। साँल्दाइलाई देखेर मलाई रोऊँ-रोऊँ लाग्यो।
'गैंडु, तँ आइस् कि भनेर म सधैं ट्रकलाई यसरी रोक्थेँ,' साँल्दाइले मलिन आवाजमा भने, 'मुकुट ल्याइस्?'
म चुपचाप हिँडिरहेँ। मेरो दिमागमा त्यही चिठी झलझली आइरहेको थियो, जुन चिठी मैले काठमान्डुको सिरानमा दुई हजारसहित राखिदिएको थिएँ -

प्रिय काठमान्डु,
म ठस्स गनाउँदै पाको खाग खोज्न काठमान्डु आएको थिएँ। तर, सहरको रमझममा मैले पाको खाग र जंगलको सौन्दर्य बिर्सिएँ। पसिनाजीवी स्वयं खागतस्कर रहेछन्। जंगलमा त हरेक जनावरको काम र कर्म छुट्टिन्छ तर मान्छेको त एकदमै रहस्य भरिएको हुँदो रैछ। पाले त केवल खाग गुमाउनुभो, त्यो देखिन्छ तर मान्छेले इमान गुमाएको त देखिँदो रैनछ। मलाई लाग्थ्यो - इमान भनेको मान्छेको मुकुट हो। तर, यो जति गुमायो, मान्छे त्यति असल देखिँदो रैछ।
असल मानिसभन्दा त मलाई मेरै बुच्चै पा ठिक लाग्यो।
गुडबाई काठमान्डु!

Wednesday, August 6, 2014

Hacked Again

hacked
A Russian group has hacked 1.2 billion usernames and passwords belonging to more than 500 million email addresses, according to Hold Security - a US firm specialising in discovering breaches.

Hold Security described the hack as the "largest data breach known to date".

It claimed the stolen information came from more than 420,000 websites, including "many leaders in virtually all industries across the world".

Hold Security did not give details of the companies affected by the hack.

Saturday, August 2, 2014

मोदी-सुन, जनता कोशी, कहाँको सुनकोशी???

-मञ्जुल

भर्खर एउटा ट्विट पढ्या, भोलि र पर्सि उपत्यका बिदा रे... त्यो पनि मोदी आउने भएर...
अघि लेनिन बन्जाडे दाईले फेसबुकमा भनेको झट्ट याद आयो
"भारतकै प्रान्तले पनि यति चाकडी गर्दैनन्, जति नेपालका शासकले गर्छन् !"

होइन यार, मित्र राष्ट्रको प्रधानमन्त्री हुन् ठिक छ, सम्मान गर्नुपर्छ त्यो पनि ठिक छ, तर आफ्नो स्तरबाट नै गिरेर!!! यो त अलि पच्ने कुरा भएन... मित्र हुन् भने हात बढाउँनुस, हात मिलाउनुस हात चाहिँ नफइलाउनुस्...यसरि त कसरि चल्छ...

आज एउटा अनलाइन मिडियाले खबर छाप्या थ्यो, मुख्य सचिव लीलामणि पोख्रेल सुनकोशी प्रभावित क्षेत्रमा जान खोज्दा हाम्रा प्रधानमन्त्रीले हुन्न भोलिको लागि तयारी गर्नुपर्छ समय छैन भने रे...... यसको सोजै अर्थ हाम्रा नेताका लागि भारतीय नेताको अगाडी नेपाली जनता केहि पनि हैनन् भन्ने हैन र???

म मान्छु कि भारतीय प्रधानमन्त्रिको सुरक्षा संसारमै उच्च सम्वेदंसिलताका साथ हेरिन्छ तर त्यसको लागि सहि परिस्थिति हुनु जरुरि छ... अहिले नेपाल कुन माहोलमा छ? कति बेला सुनकोशीको ताल फुट्नेहो अनि कति नेपालीले ज्यान गुमाउने हुन् पत्तो छैन, नेतालाई चाहिं मोदीको चिन्ता छ... यो बाढीले हाम्रा नेताका घर बगाउदैंन त्यहि भएर चुप-चाप बसेका हुन् कि? संकै लाग्छ... आज ३ घण्टा जाम, भोलि र पर्सि उपत्यका नै बन्द, ट्राफिक जाम हुने हो कि नेपाल सरकारले चक्का जाम गर्न लाको हो मैले त पत्तै पुन सकिन...
नेपालको कानुन "सुशील बाले " जानुन...

मेरो अनुरोध, त्यो बाटो सफा गर्न प्रयोग गरेको ट्रक भए पनि लगेर सुनकोशिका मान्छेको ज्यान बचाऊ, ब्यानरले  बेरेको/छाएको भए पनि छाप्रो बनाउन थाल्देउ...

कतै हाहाकार कतै माछामार!!!

पहिरोले थुनिएर सुनकोसी नदिको बहाब बन्द भएपछि खोलामा माछा मार्दै बालबालिका । तस्विर : सरल गुरुङ (कान्तिपुर)

पहिरोले थुनिएर सुनकोसी नदिको बहाब बन्द भएपछि खोलामा माछा मार्दै बालबालिका । तस्विर : सरल गुरुङ

बाढी, काठमाण्डौको

मञ्जुल

सिन्धुपाल्चोकमा सुनकोशी थुनियो यहाँ काठमाण्डौमा  चाहिं पुलिसले बाटो थुन्दै छ | सुनकोशीमा पहिरो खसेपछि सिन्धुपाल्चोकको जुरेमा ठुलो ताल परेको छ रे, अब त्यहाँ कति बेला त्यो ताल फुट्ने हो? कत्रो बाढी आउने हो? कति घर-मान्छे-जनावर बगाउने हो? कसैलाई थाहा छैन | यहाँ काठमाण्डौंमा पनि बिहानै देखि भोलि मोदी ल्याउने भनेर बिहानै देखि पुलिसहरु बाटो बन्द गर्ने तयारी गर्दै छन् | एयरपोर्ट देखि चाबहिल सम्म, (मैले देखेको है) सार्वजनिक गाडी बन्द गरेर निजि गाडी मात्र चल्न दिएको रेछ | आफ्नो त न बाइक न कार |

शनिवार भए पनि मास्टरले पढाउने भने पछी जानै पर्ने रैछ नत्र यो महंगीमा बुझाको त्यत्रो फी कलेजले पच पार्दिन्छ पढ्ने मन नभए पनि मास्टरले पैसा सित्तैमा पच पर्छ भन्ने डरले अल्छी मान्दै छ बज्दा नबज्दै कलेज हिंडे कलेज जाँदा बाटोमा डीभाइडर थिएनन् | हिजो सम्म त्यहिँ थियो आज कहाँ गएछ अचम्म लग्यो | जति अचम्म माने पनि पैसा असुल गर्न कलेज त जानै पर्ने थियो | हिंडे त्यहाँबाट पनि अनि कलेज पुंगे | मास्टरले फिजिक्स पढाउन जानी त अलि अलि नोट सार्दै थिएँ अनि अंग्रेजी मास्टर आएपछि २-४ जना भएर क्यारम हान्न हिंडीयो |

११ बजे तिर भोकले लखतरान हुँदै घर फर्कन परो भनेर हिंडेको सब बाटो बन्द छ  बा | एउटा माइक्रो देखिएन | भोको पेट, गोजीमा १५ रूप्पे, के गर्नु? सारै चिन्ता लाग्यो | अनि पुंगे पुलिस दाईलाइ सोध्न|

"दाई आज के-को बन्द?"

"मोदी आउने त्यै भर"

"अनि मोदी आउने त भोलि होइन र"

"भोलि आए पनि बाटो त खाली गर्नु पारो नि"

"भोलि आउनेलाई आजै चाहिं किन बन्द नि?"

"प्राक्टिस गरेको नि"

अब चाहिं मेरो पारो तात्यो

"जाबो प्राक्टिस त टुंडिखेलमा गरेको भा पनि हुन्थ्यो नि"
म अलि कड्केको सुनेर होला, त्यो पुलिस नि जंगिदै हातको डण्डा घुमाउन्दै बोल्यो

"टुंडिखेलमा यत्रो बाटो कहाँ छ? त्यो त चौर हो, त्यहाँ नि कसैले प्राक्टिस गर्न सक्छ? यहाँ पो नाका हो त"
उ उता चाबेल भन्दा पर बाट पाइन्छ रे त्यतै गएर गाडी चढ"

हातको डण्डा देखे पछी मेरो नि बोल्ने आँट आएन, उसै त भोको पेट, तेइ नि त्यो लौरो बझार्द्यो भने त ठहरै हुन्छु जस्तो लग्यो अनि लुरु-लुरु हिंड्न लाग्या थिएँ कसैले बोलाको जस्तो लाग्यो र हेरेको चन्द्रे पो रैछ,
रातो पल्सर बाइकमा चढेको.
"तेसका पो बा पैसावाला छन् र बाइक किन्देका छन्, आफ्ना त..."
सोच्दैं थिए चन्द्रे फेरी प्याच्च बोल्यो
"बस म पुराइदिन्छु"
मलाई पनि के खोज्छस् कानो आँखा भने जस्तै भयो
एउटो खुट्टो उचाल्दै बसें बाइकमा
फेरी चन्द्रे बोल्यो
" थाहा पाइस, सुनकोशी थुनियो रे नि"

"हो र, कसरि?"

"खै यार, पहिरो गएर ताल जस्तो भाछरे"

"अब के बाढी आउँछ रे?"

"फुट्यो भने आउँछ"

"अह, आउछ नि"

म सोंचमग्न भएँ "मुला सुनकोशी थुनिंदा चाहिं बाडी आउने, मान्छे थुनिंदा चाहिँ के आउंछ नि???


Wednesday, July 30, 2014

सांसद र गयल रिलेसेन


महिना-दिन गाउँ डुलेर, पैसा खर्च गरेर, भासन छाँटेर, जनतालाई आश्वासन दिएर, संविधान बनाउछु भनेर चुनाव जितेका हाम्रा नेताहरु अहिले के गर्दै होलान्? के-कसैले तेस्को बारेमा खोज-खबर गर्ने गरेको छन्??? के जनतालाई थाहा छ कि तिनका नेता कहाँ छन्? के गर्दै छन्? या तिनीहरुको पार्टी लाई थाहा छ? या तिनको पार्टीको झन्डा बोकेर पर्चा टाँस्दै, कुट्दै, पिट्दै, नारा लाउँदै हिड्ने कार्यकर्ता संग यसको उत्तर छ???

साउन १२ गते संसद्को आजको बैठकमा 'स्थानीय स्वायत्त शासन (पहिलो संशोधन) विधेयक, २०७१' माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित हुन सकेन। -सेतोपाटी

यो बैठकमा ५७५ मध्ये जम्मा ४४४ जना अनुपस्थित थिए । नेपालको कानुन अनुसार विधेयकमा छलफल हुनको लागि एक चौथाई अर्थात् १५१ जना संसद्को उपस्थिति अनिवार्य छ तर त्यहाँ १३१ को मात्र उपस्थिति देखिएकाले संसदमा छलफल हुन सकेन ।

आखिर किन हुन्छन् त सभासद्हरु यति धेरै गयल??? के उनीहरुलाई जनताहरुले भत्ता पचाउनलाई मात्र सांसद बनाएको हो?? को संग लिने यस कुराको जवाफ??? नेपालमा संसदमा हाजिरीको विषयलाई लिएर कुनै ठोस कदम उठाइएको चर्चा छैन, सायद उठाईएको पनि छैन होला । तर विश्वका कयौं देशहरुमा संसद पद नै खारेज हुने सम्मको कानुन छ ।

  • युगान्डाको संसद्ले लगातार १५ वटा बैठकमा विनाजानकारी अनुपस्थित रहेको अभियोगमा डेभिड सेजुसा र टोनी सुबुगा किपोईको सांसद पद खारेज गरेको थियो | अहिले त्यहाँ अनुपस्थित संसदलाई तलब-भत्ता कटौती लगाएतका कानुन विचाराधीन छन् ।
  • केही समयअघि अस्ट्रेलियाको पार्लियामेन्ट अफ क्विन्सल्यान्डका एक विपक्षी दलका नेताले लगातार १३ वटा बैठकमा अनुपस्थित रहेका आफ्ना एक सांसदमाथि कारबाहीको माग गर्दै सभामुखलाई पत्र लेखे। मतदाताप्रति जवाफदेही नभएको र उक्त समयमा संसद्मा मतदाताको प्रतिनिधित्व नगरेकाले सांसद स्कट डि्रस्कललाई कारबाही गर्नुपर्ने उनको जिकिर थियो ।
  • क्विन्सल्यान्डको संसद्ले भर्खरै कानुन संशोधन गरेको छ, जसमा सांसदहरूले पाउँदै आएको पूर्वस्वीकृतिबिना लिन पाउने २१ दिनको बिदालाई घटाएर १२ दिनमा झारिएको छ। एउटा वा त्यसभन्दा बढी संसदीय अधिवेशनमा १२ वटाभन्दा बढी बैठकमा अनुपस्थित रहेको अवस्थामा सांसद पद नै खारेज हुने व्यवस्था संशोधित कानुनले गरेको छ। 


नेपालको सन्दर्भमा हेर्ने हो भने, संविधानसभा-१ मा प्रमुख दल र तिनका शीर्ष नेताको उपस्थिति निराशाजनक रहन पुग्यो। मार्टिन चौतारीले गरेको एक अध्ययन अनुसार तीन ठूला दल एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको उपस्थिति क्रमश ६१.२९ प्रतिशत, ६३.५४ प्रतिशत र ६७ प्रतिशत देखिन्छ। मधेसी दलको उपस्थिति ४० प्रतिशतको हाराहारीमा रह्यो।  जसमा प्रचन्ड ६.५%, झलनाथ खनाल २० प्रतिशत, शेरबहादुर देउवा ३% भन्दा कम उपस्थित थिए|

Tuesday, July 29, 2014

हो म बहुला हुँ ।


उनिहरु ले भने,
खै कुन ढुङ्गामा अनि मुर्तिमा ईश्वर भेटिन्छ अरे,
उनिहरु ले भने हामी हिन्दु, ऊ त्यो ख्रिष्टियन,
अनि त्यो चाहिँ मुसलमान अरे,
फेरी भने, हामी ब्राम्हण, त्यो अछुत-
अनि तिनिहरू चाहिँ म्लेच्छ अरे।
मैले ढुङ्गा पुज्न रुचाँइन,
मैले मान्छे – मान्छेमा विभेद गर्न जानिँन,
मैले ईश्वरलाई कुनै नाम दिन सकिनँ-
यसैकारण,
मलाई बहुलाएको आरोप लगाइयो ।

उनिहरुले शीवलाई सर्वशक्तिमान मात्र देखे,
मैले शीवलाई भाङ्ग-धतुरो खानेपनि देखेँ,
उनिहरु ले विष्णुलाई पालक मात्र देखे,
मैले व्रिन्दालाई गरेको छल पनि देखेँ,
उनिहरु ले रामलाई आदर्श-न्यायी मात्र देखे,
मैले सीतामाथी भएको अन्याय पनि देखेँ,
उनिहरु ले कृष्णलाई आदर्श-पूरुष बनाए,
मैले कृष्णको छल-कपट पनि देखेँ,
मैले भनेँ- कृष्ण ‘क्याशानोभा’ थियो,
उताबाट फ्याट्ट प्रतिउत्तर आयो-
तँ बहुला होस ।

मैले ईश्वर एउटै हो-साझा हो भनेँ,
उनिहरु ले अनगिन्ति नाम दिसकेका रहेछन्,
मैले भने मानवसेवा परमधर्म हो,
उनिहरूका ढुङ्गा अनि मुर्तिहरू टड्कारो रहेछन,
उनिहरूको एष्ट्रेझैँ फुस्रो ओठहरूबाट आवाज निस्कियो,
तँ वंशको कलंक होस- तँ बहुला होस,
अनि पाप-पूण्यका पुराना काहनी सुनाइए,
ती काहनीमा भीष्म- अभीमन्यू थिएनन्
न त एकलब्य-रावण नै थिए ।

हो म बहुला हुँ,
मलाई तिम्रो वैकुण्ठ जानु छैन,
मेरो ‘युटोपिया’ यसै धरतीमा छ,
ती निर्दोष कलिला ओठहरूमा हाँसो हेरेका छौ?
मेरो ईश्वर त्यही हो-आर्शिवाद त्यही हो,
एक मूँठी गाँसका लागि लडीरहेका को-
पेट भर्न सक्दा- मेरो स्वर्ग पनि त्यही हो ।
मलाई ऋचाहरुले पेट अनी पञ्चामृतले तिर्खा मेट्नु छैन,
अरूले छोएको खाएर नर्क जाने डर पनि ममा छैन् ।
मलाई मन्दिर बनाएर वैकुण्ठमा बस्ने रहर छैन
म पाठषाला बानाएर पीषाच हुन तयार छु ।
चाहे जेसुकै उपमा किन नदिउन,
अहँ-
म बाहिर उभिएको त्यो अशाहयलाई लात्ति मारेर
त्यो ढुङ्गोमा म दुध चढाउन सक्दिन ।

यो उत्कृष्ट सिर्जनाको सर्जकको नाम चाहिं मलाई थाहा भएन है

Monday, July 28, 2014

भूतमान्डु

बुद्धि सागर

कानमा कसैले मुखै जोडेर बोलेजस्तो लागेको थियो। खासमा मेरो कानको भित्रपट्टि उडुसले फन्का लगाइरहेको रै'छ। ब्युझँदा म ठमेलको कुनै थोत्रो र सस्तो होटेलको पुरानो पलङमा लम्पसार परेको थिएँ। सिरानीबाट रक्सीको बासी गन्ध आइरहेको थियो। डकार निस्क्यो। आफ्नै मुखबाट निस्केको गन्ध नाकभित्र स्वात्त पस्यो। कसो मैले ह्वात्त वाकिनँ।

तन्ना रातो रङको थियो। त्यसमा खैरा धब्बा थिए। ओढेको सिरक ठाउँ–ठाउँमा हिस्स हाँसेको थियो। त्यसका कपास जताततै छरिएका थिए। मानौं, कपासबारीमा रातभरि हुरी चलेको थियो।

Sunday, July 27, 2014

काठमाडौँ

-मञ्जुल

काठमाडौँ,
जहाँ,
कसैको रहर बनेको छ,
कसैको कर,
कसैको घर,
कसैको गरि खाने माटो,
कसैको मागी खाने भाँडो,
कसैको ठगि खाने बाटो |

Saturday, July 26, 2014

खुत्रुके

‘कोठाको १२ सय, बिजुलीको आफैं तिर्ने, पानीको पर्दैन। हुन्छ?' झट्ट हेर्दा अजंगका जंगबहादुरझैं देखिने बूढाले गोजीबाट १२ बुँदे कागज निकालेर तेर्स्यायो।
सरर्र पढेँ। पढ्नु के थियो, मञ्जुरीले टाउको हल्लाएँ।
‘ल ह्याँ सही गर्नूस्,' गोजीबाट कलम निकालेर दियो, ‘आफ्नो घरजस्तै सम्भि्कनू।'
पुछारमा ‘दोस्रो पक्ष' लेखिएको ठाउँनेर सही धस्काएँ।
१२ बुँदे कागजमा ११ वटा बुँदा बूढाकै पक्षमा थिए। बाह्रौंमा थियो, ‘धारामा पानी नआएको बेला ट्यांकीबाट आपूर्ति गरिनेछ।'
लेखिने कुरा त्यस्तै हुन्। ऐन–नियम पनि लेखिएकै त हुन्, सबैभन्दा धेरै मिचिने पनि तिनै हुन्। म पनि यस्ता नियम मिच्ने सोचेर ढुक्क भएँ। मलाई बस्– कोठा पाउनु थियो, पाएँ।

Wednesday, July 23, 2014

Windows 8.1 Update 1 Pro X64 PreActivated Final

Description

Windows 8.1 Update 1 Pro X64 PreActivated Final
BUILD: 6.3.9600
Activator used was KMSpico v9.2.3 Final


Monday, July 21, 2014

12 Photoes that that keeps you in ILLUSION....

Which cow's Head is this?

Sunday, July 20, 2014

भूपी शेरचनको अप्रकाशित कविता

भूपी शेरचन 

हो, म एक्लै छु, तर, मेरो साथ दिने 
मसँगै सिङ्गै, अँध्यारो रात छ,
झ्यालसम्म नाँङ्गिएको रूख हेर्छु
त्यहाँ पनि एक्लो पहेंलो पात छ ।

मेरो चोक

- भुपी शेरचन

साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन? सबथोक छ । 
असंख्य रोग छ,
अनन्त भोक छ,
अशिम शोक छ,
केबल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ ।

Friday, July 18, 2014

बिषादीको बयान

बुद्धिसागर
--
मेरो नाम आम नेपालीको भन्दा फरक थिएन। र, म नेपाली नागरिक नै हुँ। पेसा थिएन। आम नेपालीझैं बेरोजगार थिएँ। काठमान्डुका अधिकांश नेपालीझैं म अँध्यारो कोठामा बस्थेँ, जसको दायाँ भित्ताछेउबाट ढल बग्थ्यो। म सडकमा हिँड्दा आम नेपालीझै देखिन्छु। म अलि अग्लो छु। मेरा हातगोडा सलक्क परेका छन्। मेरो छाती चौडा छ। खासमा फिल्मको पर्दामा आउने हो भने म सेक्सी नायकमा दरिन सक्छु। र, पनि आम नेपालीभन्दा फरक कुरा छन्,

Thursday, July 17, 2014

थुक्क शिव

-मञ्जुल

साउनको महिना छ,
शिवको महिमा
गुन्जिदैछ, गाइँदैछ ओकालत गरिँदै छ
मन्दिर भित्रिनेको लाम
कमिलाको दुलोमा भन्दा
ठुलो छ|
घट्ला भन्दा झन्-झन् बढ्दै छ
लाम लामो हुँदै छ

Gender of Your Computer

Gender of Computer
-Manjul


Do you know that every computer has a Gender??

Lets Find out whether your computer is Male or Female.
Just follow the following simple steps.

STEP 1-

विप्रेषणको साइड इफेक्ट:

-Mahesh Pathak
विप्रेषण (remittance)ले नेपालको अर्थतन्त्र धानेको छ। तर विप्रेषणले नै हाम्रो उत्पादन प्रणालीलाई तहसनहस पारिरहेको पनि स्पष्ट देखिन्छ। केही दशक अघिसम्म क्रिषि उत्पादनको निर्यात गर्ने नेपाल आज अरबौँको अन्न, फलफुल तथा तरकारी आयात गर्न बाध्य छ।

10 Android Tips and Tricks

-Manjul

Many android users don’t know much about the hidden features of android phones. Today we are sharing an article with secret android tricks and hidden features of android phones. Different versions of android versions support different set of android tricks, so try them all

1) Force reboot:
Many times android users face a problem of freezing in mobile phone, in case your android phone is frozen, you can reboot it:

Wednesday, July 16, 2014

Rooting Your Android: Benefits and Disadvantages

So, my dear friends, you are thinking to root your android phone. And you have many questions popping in your mind like what does rooting exactly means?
Well, I have tried my best to answer your queries.

What does Android Phone Rooting Mean?

Rooting an Android phone means to gain administrative privileges (or root access if you are from a Linux background) on the system. When you buy a new Android phone, you are just a guest user on the phone. You can use the phone, just as a guest would use Windows, but you will not be able to make any changes to the system files.

DIFFERENCE BETWEEN CORE

-Manjul

► Core i3:
* Entry level processor.
* 2-4 Cores
* 4 Threads

Saturday, July 12, 2014

वैज्ञानिक नाम र कार्ल लिनियस

 -dbg kGyL

j}1flgs gfd / sf{n lnlgo;


g]kfnLdf s]/fp, cª\u]|hLdf lk -pea_, lxGbLdf d6/ / sf]l/ogdf wandokong elgP klg of] Pp6} jg:ktLsf] gfd xf] . o;/L ljZjsf ljleGg e'-efudf ljleGg lsl;dsf efiff af]lng] ub{5 . o:tf] efifdf cGt/n] ubf{ b]z–ljb]z uP/ cWoog ug]{ cWoogstf{sf nflu lgs} c;xh x'g] ub{5 . o:tf] c;xhtfsf] kl/l:ysf] cGTo ug{s} nflu j}1flgsx?n] ;lhjx?sf] gfdfs/0f 5'§} tl/sfn] ug]{  ub{5g\  . of] gfd ;j{dfGo x'g] ub{5 . xf], olx ;j{dfGo gfdnfO{ g} j}1flgs gfd eGg] ul/G5 . dflysf] pbfx/0fdf lbOPsf] s]/fpsf] j}1flgs gfd kfOhd ;6fOed -Pisum sativum_ xf] . o:t} ul/ c? ;lhjsf] klg cfˆg} j}1flgs gfd x'g] ub{5 .

s] xf] t j}1flgs gfd eg]sf] <<<
j}1flgs gfd eg]sf] ;Dk"0f{ ;lhjx?nfO lbOPsf] b'O{ zAbsf] gfd xf] . of] gfd u|Ls / Nofl6g h:tf rng rNtLdf gePsf efiff -dead language_ sf] k|of]u u/L n]lvG5 . o:tf efiff ;do cg';f/ kl/jt{g gx'g] ePsfn] gfddf :yfO{Tj k|bfg ub{5 . j}1flgs gfdsf] klxnf] zAbnfO{ lhg; -Genus_ / bf];|f] zAbnfO{ :k]l;; -species_ elgG5 . dflysf] pbfx/0fdf Pisum lhg; / sativum :k]l;; xf] .

Friday, July 11, 2014

मकै

- लेनिन बञ्जाडे
थापाथली चोक, अलि पल्तिर बडेमानको बागमती पुल र त्योभन्दा अझै पल्तिर कुपन्डोलको एउटा घरमाथि झुन्डिएको ‘कोही मिलगया’को पोस्टर । पुलमाथि घरि यता घरि उता गरिरहने रंगीबिरंगी सवारी र तिनमाथि कुदिरहेका असंख्य सपना ।
र, यता वल्तिर सडकछेउ तन हल्लाउने तन्दुरीको धुवाँ ।
अनि, अलि वल्तिर पट्पट् पड्किरहने मकै र झुम्म परिरहने मान्छेको भीड । त्यो भीड, जो हरेक मिनेटमा फेरिइरहन्थ्यो ।
यो लगातार तेस्रो दिन थियो ।
गोजीमा १० हजार लिएर काठमाडौं छिरेको भर्खरको १८ वर्षे किशोर त्यै मकैको भीडबाहिर रेलिङमा अडेस लागेर बसिरहृयो तीन दिनदेखि ।


फिलिम

- लेनिन बञ्जाडे

“बसन्ते, एक… एक… एक ही रास्ता लाग्यो….”

दौडिँदै आएको रमेशले एकाएक गाउँ थर्कायो । एक हप्तादेखि ‘चित्रहार’मा अजय देवगण र रविना टन्डन छमछमी नाचेकोदेखिरहँदा हामीलाई वाक्क लागिसकेको थियो । ‘फूल और काँटे’ आएदेखि रमेश र मेरो मनमा सानोतिनो हुन्डरी ल्याएको थियो अजयले । नयाँ वर्ष र दसैंका शुभकामना कार्डमा अजयले बन्दुक भिरेका पोस्टकार्डले सहर पिटेको थियो । रमेश र म त्यसका डाइहार्ट फ्यान ।

“विद्यानाश ?”


नयाँ वर्ष

-भूपी शेरचन

नयाँ सरुवा भई आएको हुलाकेझैं
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिँडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता–घडीको लङगूर हल्लिरहेछ उसको
पदचापले

मध्याह्न दिन र चिसो निद्रा

- भूपी शेरचन

अखबारको ‘वान्टेड कालम’ –मा
म आफ्ना आउने दिनहरुको अनुहार खोजिरहेछु,
प्रत्येक जुलूस, सभा, भाषण
र नयाँ योजनाका फाइलहरुमा
पाइला टेक्ने आधार खोजिरहेछु—
नयाँ बजेटको ओठमा

जीवनको अँध्यारो सडकमा

-भूपी शेरचन

जीवनको अँध्यारो सडकमा
सफलता
साइकलको डाइनोमाबाट बल्ने बत्तीझैं लाग्छ
कि जबसम्म
गतिको पैडिलमाथि
मेरो खुट्टा चलिरहन्छ
मेरो पथमा यो बत्ती बलिरहन्छ
तर जसरी नै म थाक्छु
र मेरो खुट्टा रुक्छ
अन्धकार मेरो अगाडि आएर भुक्छ ।

Thursday, July 10, 2014

गजल

अध्यारों मै तिर चलाएँ जे-जे परे पर्ला
तिमीलाई नै मन पराएँ जे-जे परे पर्ला||
फेसबुकमा भेटिएकी तिमीलाई हेर्दा-हेर्दै मैले
ठुलो श्वरले नाम कराएँ जे-जे परे पर्ला||
हेर्दै गएँ तिम्रो टाईमलाइन, तस्विर र लेख सबै
तस्विर सबै साझा गराएँ जे-जे परे पर्ला||
हेर्दै जाँदा तिम्रो छेउमा भेटाएँ पहलमान एउटा
भित्र भित्रै मन जलाएँ जे-जे परे पर्ला||
हेर्दै जाँदा त्यो पहलमान त तिम्रो दाई पो परेछ
जेठान साबलाई रिक्वेस्ट पठाएँ जे-जे परे पर्ला||
-मञ्जुल

Monday, July 7, 2014

पशु – पशुपति र मान्छे (हाँस्य-व्यंग्य)

-भैरव अर्याल

साँढेको नेतृत्वमा गएको पशूहरुको प्रतिनिधिमण्डलले एक दिन बिहानै पशुपतिको दख्खिन ढोका घचघच्यायो। पशुपतिले यसो हेरेका मात्र के थिए, जुरो हल्लाउँदै प्रतिनिधिमण्डलको नेताले नम्रतासाथ भन्यो – “तपाईं पशुका पति भएर पनि हामी पशुहरुमाथि कनुनै वास्ता गरिदिनुभएन। तपाईंले पुलपुल्याइदिंदा आज मान्छेले गर्नुसम्म गरिसक्यो। रिसानी माफ हुन्छ भने हामी समस्त पशुहरुको एउटै आवाज छ मान्छे मात्तियो, मात्तियो तर पशु बिचरो आत्तियो।

यो मोरो पशुको जात, जहिले पनि रङ्ग न ढङ्गको कचकच गर्न आउँछ भन्ने ठानी पशुपतिले झर्किएर सोधे – “आखिर तिमीहरुको समस्या के हो?”

साँढेले भन्यो – “हामी फाँटको फाँट मडिया मार्ने

असनको डबली (हाँस्य-व्यंग्य)

-भैरव अर्याल


चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको यो अनिकाल!

अँ, अन्नपूर्णाको दर्शन गर्न आएको; भाकल थियो। अरुभन्दा मलाई यिनै देवीको विश्वास लाग्छ। यी साक्षात देवी हुन्।

देवी त देवी टुँडालदेवीको मूर्ति पनि झन्डै चोरिएको रे। कस्तो काल! हामी केही नचोरियोस् भनी देवता पुकार्छौं, देवता स्वयं चोरिन्छन् हेर न …!”

हेरिसकें मैले, त्यही बेलबटम्वाली होइन? निकै नखरमाउली रहिछ।

जवाना भी यिनका जवानी भी यिनकी