Wednesday, July 30, 2014

सांसद र गयल रिलेसेन


महिना-दिन गाउँ डुलेर, पैसा खर्च गरेर, भासन छाँटेर, जनतालाई आश्वासन दिएर, संविधान बनाउछु भनेर चुनाव जितेका हाम्रा नेताहरु अहिले के गर्दै होलान्? के-कसैले तेस्को बारेमा खोज-खबर गर्ने गरेको छन्??? के जनतालाई थाहा छ कि तिनका नेता कहाँ छन्? के गर्दै छन्? या तिनीहरुको पार्टी लाई थाहा छ? या तिनको पार्टीको झन्डा बोकेर पर्चा टाँस्दै, कुट्दै, पिट्दै, नारा लाउँदै हिड्ने कार्यकर्ता संग यसको उत्तर छ???

साउन १२ गते संसद्को आजको बैठकमा 'स्थानीय स्वायत्त शासन (पहिलो संशोधन) विधेयक, २०७१' माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित हुन सकेन। -सेतोपाटी

यो बैठकमा ५७५ मध्ये जम्मा ४४४ जना अनुपस्थित थिए । नेपालको कानुन अनुसार विधेयकमा छलफल हुनको लागि एक चौथाई अर्थात् १५१ जना संसद्को उपस्थिति अनिवार्य छ तर त्यहाँ १३१ को मात्र उपस्थिति देखिएकाले संसदमा छलफल हुन सकेन ।

आखिर किन हुन्छन् त सभासद्हरु यति धेरै गयल??? के उनीहरुलाई जनताहरुले भत्ता पचाउनलाई मात्र सांसद बनाएको हो?? को संग लिने यस कुराको जवाफ??? नेपालमा संसदमा हाजिरीको विषयलाई लिएर कुनै ठोस कदम उठाइएको चर्चा छैन, सायद उठाईएको पनि छैन होला । तर विश्वका कयौं देशहरुमा संसद पद नै खारेज हुने सम्मको कानुन छ ।

  • युगान्डाको संसद्ले लगातार १५ वटा बैठकमा विनाजानकारी अनुपस्थित रहेको अभियोगमा डेभिड सेजुसा र टोनी सुबुगा किपोईको सांसद पद खारेज गरेको थियो | अहिले त्यहाँ अनुपस्थित संसदलाई तलब-भत्ता कटौती लगाएतका कानुन विचाराधीन छन् ।
  • केही समयअघि अस्ट्रेलियाको पार्लियामेन्ट अफ क्विन्सल्यान्डका एक विपक्षी दलका नेताले लगातार १३ वटा बैठकमा अनुपस्थित रहेका आफ्ना एक सांसदमाथि कारबाहीको माग गर्दै सभामुखलाई पत्र लेखे। मतदाताप्रति जवाफदेही नभएको र उक्त समयमा संसद्मा मतदाताको प्रतिनिधित्व नगरेकाले सांसद स्कट डि्रस्कललाई कारबाही गर्नुपर्ने उनको जिकिर थियो ।
  • क्विन्सल्यान्डको संसद्ले भर्खरै कानुन संशोधन गरेको छ, जसमा सांसदहरूले पाउँदै आएको पूर्वस्वीकृतिबिना लिन पाउने २१ दिनको बिदालाई घटाएर १२ दिनमा झारिएको छ। एउटा वा त्यसभन्दा बढी संसदीय अधिवेशनमा १२ वटाभन्दा बढी बैठकमा अनुपस्थित रहेको अवस्थामा सांसद पद नै खारेज हुने व्यवस्था संशोधित कानुनले गरेको छ। 


नेपालको सन्दर्भमा हेर्ने हो भने, संविधानसभा-१ मा प्रमुख दल र तिनका शीर्ष नेताको उपस्थिति निराशाजनक रहन पुग्यो। मार्टिन चौतारीले गरेको एक अध्ययन अनुसार तीन ठूला दल एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको उपस्थिति क्रमश ६१.२९ प्रतिशत, ६३.५४ प्रतिशत र ६७ प्रतिशत देखिन्छ। मधेसी दलको उपस्थिति ४० प्रतिशतको हाराहारीमा रह्यो।  जसमा प्रचन्ड ६.५%, झलनाथ खनाल २० प्रतिशत, शेरबहादुर देउवा ३% भन्दा कम उपस्थित थिए|

0 comments:

Post a Comment

plz give your view