Sunday, July 27, 2014

काठमाडौँ

-मञ्जुल

काठमाडौँ,
जहाँ,
कसैको रहर बनेको छ,
कसैको कर,
कसैको घर,
कसैको गरि खाने माटो,
कसैको मागी खाने भाँडो,
कसैको ठगि खाने बाटो |



जहाँ,
धेरै धेरै छ,
थोरै थोरै छ,
अभावको धनि छ,
गरिविको सवाल छ,
जानेकाको कमाल छ |

जहाँ,
धेरै छन्,
गाडी,
अझ धेरै मान्छे,
अझ धेरै मन्दिर,
अझ धेरै देउता,
त्यो भन्दा धेरै देउताका नाम,
पैसा,
बुद्धि,
बल |

जहाँ,
थोरै पनि छन्,
थोरै मानवीय गुण,
अझ थोरै सम्मान,
अझ थोरै मन,
अझ थोरै विश्वास,
नगण्य सद्भाव,
नगण्य शान्ति,

जहाँ
प्रतिस्पर्धा छ,
बस्नको,
सुत्नको,
उठ्नको,
लुट्नको,
लुटाउनको,
कमाउनको,
खर्चिनको,
पढ्नको,
पढाउनको |

जहाँ,
म,
नेपालको,
एउटा गाउँको,
कुनाबाट,
झिटी झाम्टो,
बसको छतमा फालेर,
आएँ,
लड्न, पढ्न या सड्न |||

0 comments:

Post a Comment

plz give your view