Friday, July 4, 2014

सात हाइकुहरु

-मदन पन्थी

१.
हिंडेको बाटो
बिर्सेर पो आएछु
भित्रै हराएँ !

२.
पाना पल्टाई
खोज्दैछु आफैलाई
इतिहासमा !
३.
साहस खोज्दै
संसार जित्नलाई
एक्लै दौडिएँ !
४.
जित्ने भनेर
सधैँ लड़दैं गए
बिना भविस्य !
५.
मैले हारें
बाजी पल्टियो अरे
म पल्टिएँ !
६.
हारेर पनि
यो अशान्त मनले
मान्दै मानेन !
७.
म फेरी उठे
म फेरी लड्नेछु

पागल जस्तै !!!

0 comments:

Post a Comment

plz give your view