Thursday, July 17, 2014

थुक्क शिव

-मञ्जुल

साउनको महिना छ,
शिवको महिमा
गुन्जिदैछ, गाइँदैछ ओकालत गरिँदै छ
मन्दिर भित्रिनेको लाम
कमिलाको दुलोमा भन्दा
ठुलो छ|
घट्ला भन्दा झन्-झन् बढ्दै छ
लाम लामो हुँदै छ
म,
शिवको चाकरी गर्न
मन्दिर बाहिर
पालो कुर्दै छु,
हातमा,
एक आम्खोरा दुध
त्यो कालो ढुंगामा
पोख्नलाई
खनाउनलाई|||
पालो आयो,
ठेलिदैं,
लड्दै
पोखे दुध,
त्यो कालो पत्थरमा ||
बाहिर निस्के,
अनि देखें,
एउटा दुख,
एउटा सत्य,
एउटा तितो सत्य |||
फुलेको दारी र खुल्केको टाउको
अगाडी टोकरी राखी
पिंधमा चामल र ढ्याक, २ रूप्पे |
चाउरीएका गाला,
निरास आँखा,
अनि,
मेरै अस्सी बर्षका
हजुरबाको जस्तो
निर्दोस मुहार |||
मेरा बालाई
पाल्ने छोरा छन्
म छु
तर
त्यो पशुपतिको बालाई
देउता भनाउदो
सुनको जलप लाएको
उर्फ मुर्ति पनि
आँखा तर्दै छ
म,
यत्रो कविता लेखेर
त्यो गरिबलाई
शब्दमा ल्याएर,
फेरी,
त्यहि पेटीमा छाड्दै छु
थुक्क म,
थुक्क मेरो समाज,
थुक्क देउता भनाउदो मुर्ति,
थुक्क शिव |||

0 comments:

Post a Comment

plz give your view