Sunday, July 20, 2014

मेरो चोक

- भुपी शेरचन

साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन? सबथोक छ । 
असंख्य रोग छ,
अनन्त भोक छ,
अशिम शोक छ,
केबल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ ।

साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन? सबथोक छ ।
यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता
यी दुबैथरीको निवास छ ।
तर यहाँ यी दुबैथरि उदास छन् ।
दुबैथरि निरश छन्
मानिस उदास छन्
किनकी तिनलाई यहाँ
रात-रात-भरी उपिँयाले टोक्छ
दिन-दिन-भरी रुपियाँले टोक्छ
र देवता उदास छन्
किनकी तिनलाई यहाँ
न कसैले पुज्छ, न कसैले ढोग्छ
त्यसैले यो चोकमा
देवत र मानिसले
एक-अर्कोलाई धिक्कर्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन? सबथोक छ ।
(२०१७ - साहित्य)
साभर : भुपी शेरचन, २०५१ । घुम्ने मेचमाथि अन्धो मान्छे, साझा प्रकाशन, काठमाडौं ।

0 comments:

Post a Comment

plz give your view