Friday, July 11, 2014

फिलिम

- लेनिन बञ्जाडे

“बसन्ते, एक… एक… एक ही रास्ता लाग्यो….”

दौडिँदै आएको रमेशले एकाएक गाउँ थर्कायो । एक हप्तादेखि ‘चित्रहार’मा अजय देवगण र रविना टन्डन छमछमी नाचेकोदेखिरहँदा हामीलाई वाक्क लागिसकेको थियो । ‘फूल और काँटे’ आएदेखि रमेश र मेरो मनमा सानोतिनो हुन्डरी ल्याएको थियो अजयले । नयाँ वर्ष र दसैंका शुभकामना कार्डमा अजयले बन्दुक भिरेका पोस्टकार्डले सहर पिटेको थियो । रमेश र म त्यसका डाइहार्ट फ्यान ।

“विद्यानाश ?”


नयाँ वर्ष

-भूपी शेरचन

नयाँ सरुवा भई आएको हुलाकेझैं
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिँडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता–घडीको लङगूर हल्लिरहेछ उसको
पदचापले

मध्याह्न दिन र चिसो निद्रा

- भूपी शेरचन

अखबारको ‘वान्टेड कालम’ –मा
म आफ्ना आउने दिनहरुको अनुहार खोजिरहेछु,
प्रत्येक जुलूस, सभा, भाषण
र नयाँ योजनाका फाइलहरुमा
पाइला टेक्ने आधार खोजिरहेछु—
नयाँ बजेटको ओठमा

जीवनको अँध्यारो सडकमा

-भूपी शेरचन

जीवनको अँध्यारो सडकमा
सफलता
साइकलको डाइनोमाबाट बल्ने बत्तीझैं लाग्छ
कि जबसम्म
गतिको पैडिलमाथि
मेरो खुट्टा चलिरहन्छ
मेरो पथमा यो बत्ती बलिरहन्छ
तर जसरी नै म थाक्छु
र मेरो खुट्टा रुक्छ
अन्धकार मेरो अगाडि आएर भुक्छ ।

Thursday, July 10, 2014

गजल

अध्यारों मै तिर चलाएँ जे-जे परे पर्ला
तिमीलाई नै मन पराएँ जे-जे परे पर्ला||
फेसबुकमा भेटिएकी तिमीलाई हेर्दा-हेर्दै मैले
ठुलो श्वरले नाम कराएँ जे-जे परे पर्ला||
हेर्दै गएँ तिम्रो टाईमलाइन, तस्विर र लेख सबै
तस्विर सबै साझा गराएँ जे-जे परे पर्ला||
हेर्दै जाँदा तिम्रो छेउमा भेटाएँ पहलमान एउटा
भित्र भित्रै मन जलाएँ जे-जे परे पर्ला||
हेर्दै जाँदा त्यो पहलमान त तिम्रो दाई पो परेछ
जेठान साबलाई रिक्वेस्ट पठाएँ जे-जे परे पर्ला||
-मञ्जुल

Monday, July 7, 2014

पशु – पशुपति र मान्छे (हाँस्य-व्यंग्य)

-भैरव अर्याल

साँढेको नेतृत्वमा गएको पशूहरुको प्रतिनिधिमण्डलले एक दिन बिहानै पशुपतिको दख्खिन ढोका घचघच्यायो। पशुपतिले यसो हेरेका मात्र के थिए, जुरो हल्लाउँदै प्रतिनिधिमण्डलको नेताले नम्रतासाथ भन्यो – “तपाईं पशुका पति भएर पनि हामी पशुहरुमाथि कनुनै वास्ता गरिदिनुभएन। तपाईंले पुलपुल्याइदिंदा आज मान्छेले गर्नुसम्म गरिसक्यो। रिसानी माफ हुन्छ भने हामी समस्त पशुहरुको एउटै आवाज छ मान्छे मात्तियो, मात्तियो तर पशु बिचरो आत्तियो।

यो मोरो पशुको जात, जहिले पनि रङ्ग न ढङ्गको कचकच गर्न आउँछ भन्ने ठानी पशुपतिले झर्किएर सोधे – “आखिर तिमीहरुको समस्या के हो?”

साँढेले भन्यो – “हामी फाँटको फाँट मडिया मार्ने

असनको डबली (हाँस्य-व्यंग्य)

-भैरव अर्याल


चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको यो अनिकाल!

अँ, अन्नपूर्णाको दर्शन गर्न आएको; भाकल थियो। अरुभन्दा मलाई यिनै देवीको विश्वास लाग्छ। यी साक्षात देवी हुन्।

देवी त देवी टुँडालदेवीको मूर्ति पनि झन्डै चोरिएको रे। कस्तो काल! हामी केही नचोरियोस् भनी देवता पुकार्छौं, देवता स्वयं चोरिन्छन् हेर न …!”

हेरिसकें मैले, त्यही बेलबटम्वाली होइन? निकै नखरमाउली रहिछ।

जवाना भी यिनका जवानी भी यिनकी